मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २७ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २७ शुक्रबार १४:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विकास निर्माणमा ढिलासुस्ती हुनुमा सरकारी संयन्त्रको पनि कमजोरी : मन्त्री झाँक्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २७ शुक्रबार १४:१९:oo

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले विकास निर्माणको काममा ढिलासुस्ती हुनुमा सरकारी संयन्त्रको पनि कमजोरी रहेको बताएकी छिन्। शुक्रबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले विकास निर्माणको काम समयमा सम्पन्न नहुनु र गुणस्तरीय काम नहुनुमा सरकारी संयन्त्रको पनि कमजोरी रहेको बताएकी हुन्।

विकास निर्माणको काम समयमै सम्पन्न गर्नका लागि योजना छनाेट, स्रोतको सुनिश्चितता तथा निर्माण व्यवसायीको प्रभावकारिता र जवाफदेहिता अनिवार्य सर्त भएको उनले बताइन्। निर्माण व्यवसायीले गरेको कामको नियमन गर्नु सरकारको सम्बन्धित निकायको जिम्मेवारी भएको भन्दै मन्त्री झाँक्रीले कानुनमा भएका छिद्रहरूका कारण सरकारी संयन्त्रले प्रभावकारी काम गर्न नसकेको उल्लेख गरिन्।

‘खासगरी नेपाल सरकारको साइडबाट योजना छनाेटको कुरा, त्यसपछि नेपाल सरकारकै क्षेत्रबाट गरिने आयोजनालाई प्रभावकारी ढंगले सञ्चालन गर्न गरिने कामहरू, त्यसपछि त्यसको स्रोतको सुनिश्चितताका कुरा, निर्माण व्यवसायीहरूको प्रभावकारी र गुणस्तरीय काम र त्यसमाथिको नियमन यी कुराहरू अनिवार्य सर्त हुन्। तर, हामीले अहिलेसम्म एक पक्षलाई मात्रै दोषारोपण गर्ने गरेका छौँ। मूलतः निर्माण व्यवसायीको प्रभावकारिता, जवाफदेहिता र त्यसमा गुणस्तरहीन कामको कुराचाहिँ सर्वत्र आलोचनाको विषय छ। यसमा के गर्ने भन्ने कुरा नियमन गर्ने कुराचाहिँ तत्तत् आयोजना सञ्चालन गर्ने नेपाल सरकारका युनिटहरूकै जिम्मेवारी हो,’ उनले भनिन्।