१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २७ शुक्रबार
  • Wednesday, 26 June, 2024
२o७८ फाल्गुण २७ शुक्रबार १२:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

ढाट राखेर दस्तुर नउठाउन उच्च अदालतको अन्तरिम आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २७ शुक्रबार १२:४५:oo

पाटन उच्च अदालतको हेटौँडा इजलासले हेटौँडा उपमहानगरपालिकालाई सडकमा ढाट राखेर दस्तुर नउठाउन अन्तरिम आदेश जारी गरेको छ। उपमहानगरपालिकाले ठेक्का प्रणालीबाट हेटौँडाको बसपार्कको  बाइपास सडकमा ढाट राखी दस्तुर उठाउँदै आएकाले सो कार्य रोक्न स्थानीय उर्मिला न्यौपानेले दायर गरेको रिटमा उक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो।

बहसमा निवेदनको तर्फबाट अधिवक्ता ईश्वरराज ढकाल र विपक्षी शक्ति इन्फ्रा डेभलपर्स प्रालिका तर्फबाट अधिवक्ता मदनकुमार दाहाल, हेटौँडा उपमहानगरपालिकाको तर्फबाट अधिवक्ता मुकुन्दप्रसाद अधिकारी, सडक कार्यालयका तर्फबाट उपन्यायाधिवक्ता मनाेजप्रसाद गुप्ताले बहस गरेका थिए।

दस्तुर उठाउने प्रयोजनका लागि वैकल्पिक मार्गबाट सवारीसाधनलाई जान बाध्य गराउने कार्य नगर्न र नगराउनू भन्दै उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम विपक्षीका नाममा न्यायाधीशद्वय नागेन्द्रलाल कर्ण र निर्मला शाक्यको संयुक्त इजलासले उक्त अन्तरिम आदेश दिएको हो। रासस

ad
ad
ad
ad