१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख ३१ सोमबार ११:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

पढाइबाट वञ्चित  विद्यार्थीलाई  नोबेलले बोलायो

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:१o:oo

एमबिबिएस प्रथम वर्षमा पढाइबाट वञ्चित भएका सबै विद्यार्थीलाई सम्पर्कमा आएर पढाइमा सहभागी हुन नोबेल मेडिकल कलेजले आग्रह गरेको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालका प्रा.डा. रामहरि घिमिरेले बिहीबार विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क विद्यार्थीबाट नलिएको र नलिने जनाउँदै कुनै पनि विद्यार्थीप्रति पूर्वाग्रह नराख्ने उल्लेख गरेका छन् । उनले पढाइबाट वञ्चित सबै विद्यार्थीलाई आएर पढाइमा सहभागी हुन आग्रह पनि गरेका छन् । 

१५औँ ब्याचको भर्ना प्रक्रिया पूरा गरेर एमबिबिएस अध्ययन गर्नुपर्ने केही विद्यार्थीले कलेजबारे कपोलकल्पित र भ्रामक कुरा उल्लेख गरी विभिन्न सञ्चारमाध्यममा अफवाह फैलाएको आरोप लगाउँदै उनले कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको शीर्षकमा भन्दा बढी शुल्क माग नगरिएको र नलिएको पनि दाबी गरेका छन् । ‘पढाइबाट वञ्चित भएका कोही पनि विद्यार्थीलाई असुरक्षा हुन दिँदैनौँ र पूर्वाग्रह पनि राख्दैनौँ, कलेजमा हाजिर भएर नियमित पठनपाठनमा भाग लिन आग्रह गर्छाैँ,’ घिमरेले भने । 

नोबेल मेडिकल कलेज, चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालय र शिक्षा मन्त्रालयबीच ३० पुस ०७८ मा भएको लिखित सहमतिलाई अक्षरशः पालना गर्ने नोबेल मेडिकल कलेजले प्रतिबद्धता जनाएको छ । साथै, हालसम्म नियमित अध्ययन प्रक्रियामा समावेश नभएका विद्यार्थीलाई यथाशक्य चाँडो कलेजको सम्पर्कमा आएर अध्ययनमा सहभागी हुने वातावरण मिलाइदिन नोबेलले चिकित्सा शिक्षा आयोग र काठमाडौँ विश्वविद्यालयलाई आग्रह पनि गरेको छ । एमबिबिएस १५औँ ब्याचमा भर्ना भएका एक सय १० विद्यार्थीमध्ये १० जना अझै असुरक्षा भएको भन्दै पढाइबाट वञ्चित छन् । नोबेलले कानुनविपरीत होस्टेललगायत विभिन्न बहानामा चर्को अतिरिक्त शुल्क असुल्न खोजेपछि विद्यार्थीहरू आन्दोलित भएका थिए । 

ad
ad