१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २७ शुक्रबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २७ शुक्रबार o८:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

भुवनलाई एनपिजिए गल्फ उपाधि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २७ शुक्रबार o८:४o:oo

भुवन नगरकोटीले बिहीबार सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सूर्य नेपाल एनपिजिए गल्फ प्रतियोगिताको उापधि जितेका छन् । भुवनले रोयल नेपाल गल्फ क्लबमा सम्पन्न फाइनल खेलमा चौथो वरीयताका सञ्जय लामालाई ३–२ को रोमान्चक स्कोरमा हराउँदै उपाधि हात पारेका हुन् । शीर्ष स्थानका भुवन र सञ्जयबीच २७ होलमा १–१ को बराबरी खेलेका थिए । सञ्जयले ९ होल पछि २–अप गरेका थिए । भुवनले १८ होलपछि एकमा घाटा घटाए । 

भुवनले २७ होलपछि पहिलोपटक १–१ को अग्रता लिएका थिए । उनले ३० होलपछि तीनको अग्रता बढाए । दुवै गल्फरले अर्को चार होल सेयर गरे । भुवनले दुई होल बाँकी रहँदै उपाधि हात पारे । भुवनले आफ्नो करिअरको आठौँ र सूर्य नेपाल गल्फ टुर २०२१–२२ सिजनमा पहिलो उपाधि जितेका थिए । 

ट्रफीसँगै भुवनले ५० हजार र उपविजेता सञ्जयले ३० हजार रुपैयाँ हात पारे । पाँचौँ वरीयताका धनबहादुर थापाले तेस्रो स्थानका विकास अधिकारीलाई फाइनल होल (टु–अप) मा पराजित गर्दै तेस्रो स्थान हासिल गरेका छन् । धनले २२ हजार र विकासले १८ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

क्वार्टरफाइनलमा पराजित दिनेश प्रजापति, रामे मगर, जयराम श्रेष्ठ र दीपक मगरले जनही १० हजार रुपैयाँ प्राप्त गरे । त्यसैगरी पहिलो राउन्डमा हारेका आठ खेलाडी सचिनप्रसाद भट्टराई, सूर्यप्रसाद शर्मा, बल भद्र राई, भुवनकुमार रोक्का, कृष्णमान राजबाहक, रवि खड्का र शिवकुमार माझीले जनही पाँच रुपैयाँ प्राप्त गरेका छन् ।

ad
ad
ad
ad