मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २६ बिहीबार
  • Wednesday, 18 December, 2024
२o७८ फाल्गुण २६ बिहीबार १४:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राउटेका मुखिया सूर्यनारायणले गरे ‘वेस्टर्न ट्राभल मार्ट’को उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २६ बिहीबार १४:o२:oo

नेपालगन्जमा बिहीबारबाट सुरु भएको ‘वेस्टर्न ट्राभल मार्ट’को राउटे समुदायका मुखिया (राजा)ले उद्घाटन गरेका छन्। दैलेख गुराँसेका सूर्यनारायण शाहीले ट्राभल मार्टको उद्घाटन गरेका हुन्।

लोपोन्मुख राउटे समुदायका मुखियाले औपचारिक रूपमा उद्घाटन गरेको यो नै पहिलो कार्यक्रम भएको मार्ट व्यवस्थापन समितिका अध्यक्ष श्रीराम सिग्देलले दाबी गरे। पर्यटन प्रवर्द्धनमा राउटे समुदायको महत्वपूर्ण भूमिका रहेकाले उद्घाटनका लागि राउटे समुदायका मुखियालाई रोजेको उनले बताए। ‘नौलोपन दिन र पर्यापर्यटनमा राउटे समुदायलाई सहभागी गराउन उद्घाटनका लागि राउटेका मुखियालाई रोजेका हौँ,’ उनले भने।

प्रमुख अतिथि शाहीले ट्राभल मार्टको उद्घाटन गर्न पाउँदा खुसी लागेको बताउँदै सरकारले राउटे समुदायको उत्थानका लागि बजेट विनियोजन गर्नुपर्ने धारणा राखे। उनले राउटे समुदाय एक ठाउँमा बस्ने परम्परा नभएको बताउँदै सरकार र समुदायले नराम्रो नजरले हेर्ने गरेको बताए। ‘हामीलाई जंगल मास्ने आरोप लगाइन्छ, तर यसमा कुनै सत्यता छैन। हामीले जंगल मास्ने भन्दा संरक्षण गरेका छौँ,’ उनले भने।

नेपालगन्जको सिद्धार्थ भ्यु होटेलमा सुरु भएको वेस्टर्न ट्राभल मार्टको उद्घाटनअघि नेपालगन्जस्थित बागेश्वरी मन्दिरको परिक्रमा गरी झाँकीसहित नगरपरिक्रमा गरिएको थियो। ट्राभल मार्ट २८ फागुनसम्म चल्ने व्यवस्थापन समितिका अध्यक्ष सिग्देलले जानकारी दिए।