मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २६ बिहीबार
  • Wednesday, 18 December, 2024
संजित परियार काठमाडाैं
२o७८ फाल्गुण २६ बिहीबार o९:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

होली सुरु : वसन्तपुरमा ठड्याइयो ध्वजापताकासहितको तीनखण्डे चीर

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण २६ बिहीबार o९:o६:oo

वसन्तपुरमा होलीको चीर ठड्याइएको छ। बिहीबार बिहान ध्वजापताकासहितको तीनखण्डे चीर ठड्याइएको हो। वसन्तपुरमा चीर ठड्याइएसँगै यस वर्षको होली औपचारिक रूपमा सुरु भएको मानिन्छ।

आज बिहान ७ बजेर २७ मिनेटको शुभसाइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीबिरंगी ध्वजापताकासहितको ३२ फिट अग्लो तीनखण्डे चीर ठड्याइएको हो । 

प्रत्येक वर्षको फागुन शुल्क अष्टमीको दिन चीर ठड्याएसँगै फागु पर्व आरम्भ हुन्छ । यस वर्ष फागु पूर्णिमा चैत ३  गते परेको छ । तराई मधेसका जिल्लामा ४ गते फागू पर्व परेको छ । फागु पूर्णिमाको दिन सरकारले सार्वजनिक बिदा दिने गर्छ ।