मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २६ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २६ बिहीबार o८:१३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पटक–पटक २५ सयबाट फर्किँदै नेप्से सूचक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २६ बिहीबार o८:१३:oo

बुधबार पनि नेप्से सूचकमा गिरावट आएको छ । लगातार घटिरहे पनि नेप्से दुई हजार पाँच सयको मनोवैज्ञानिक बिन्दुमा अडिरहेको छ ।  बुधबार नेप्से सूचक ३० दशमलव ३६ अंकले घटेर दुई हजार पाँच सय १४ दशमलव ५८ बिन्दुमा आइपुगेको छ । बुधबार अन्तरदिनको कारोबारमा नेप्से दुई हजार पाँच सय ६ बिन्दुसम्म पुगेर केही उक्लिएको हो । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ५ दशमलव ३५ अंकले घटेर चार सय ८७ दशमलव १९ बिन्दुमा आइपुगेको छ । यस दिन १९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ७१ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबारमा आएका १३ वटै समूहको सूचक घटेको छ । ट्रेडिङ समूहको दुई प्रतिशत, फाइनान्स समूहको सूचक सबैभन्दा धेरै तीन प्रतिशतदेखि दुई प्रतिशतले बढेको छ । त्यसैगरी, जलविद्युत् समूह, जीवन बिमा समूह, ‘अन्य’ समूहको सूचक एक प्रतिशतले घटेको छ । विशालबजार कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर, नेपाल हाइड्रो डेभलोपर, माउन्टेन हाइड्रो नेपाल लिमिटेडको मूल्य सबैभन्दा धेरै चार प्रतिशतदेखि करिब ६ प्रतिशतले घटेको छ । 

त्यस्तै, माउन्टेन इनर्जी, इमर्जिङ नेपाल, आइसिएफसी फाइनान्स, सिटिजन म्युचुअल फन्ड, प्रभु इन्स्योरेन्स कम्पनीको मूल्य करिब दुईदेखि आठ प्रतिशतले बढेको छ ।  इमर्जिङ नेपालको सेयर सूचीकृत भएसँगै यस कम्पनीको सेयर मूल्य दैनिक बढिरहेको छ । बुधबार कम्पनीको पहिलो कारोबार दुई सय ९८ रुपैयाँ भएकोमा बढाउँदै तीन सय १० रुपैयाँ पुर्‍याइएको छ । बुधबार मूल्य बढाउन एक–एक कित्ताको म्याचिङ कारोबार गरिएको छ । मूल्य तीन सय रुपैयाँमाथि लागेपछि मात्रै १० कित्ताको दरमा कारोबार भएको छ । 

बुधबार दुई सय २९ कम्पनीको करिब ५० लाख कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको छ । नेपाल टेलिकम कम्पनी, एनआइसी एसिया बैंक, अपी पावर कम्पनी, अरुणभ्याली हाइड्रोपावर कम्पनी, हिमालयन डिस्टिलरी कम्पनीको सबैभन्दा धेरै करिब आठ करोड रुपैयाँदेखि १० करोड रुपैयाँसम्म कारोबार भएको छ ।