मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २४ मंगलबार
  • Wednesday, 18 December, 2024
२o७८ फाल्गुण २४ मंगलबार १६:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मोरङको रंगेली नगरपालिका  प्रमुख दिलीप बगडिया पार्टीबाट निष्कासित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २४ मंगलबार १६:४५:oo

मोरङको रंगेली नगरपालिका प्रमुख दिलीप बगडियालाई नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेको छ। पटक–पटक सचेत गराउँदा पनि पार्टी हितविपरीत कार्य गरेको भन्दै  नेपाल माओवादी केन्द्रले रंगेली नगरपालिकाका मेयर दिलीप बगडियालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको हो।  

माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले मंगलबार  विज्ञप्ति जारी गर्दै बगडियाले पार्टी हितविपरीत गतिविधि गरेकोले पार्टीबाट निष्कासन गरेर आवश्यक कारबाहीका लागि निर्वाचन आयोगलाई सिफारिस गरेको जनाएका छन्।  

माओवादी पार्टीबाट टिकट पाएर रंगेली नगरपालिकाको मेयर पदमा निर्वाचित बगडियालाई १५ फागुनदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यबाट  निष्कासन गरेको माओवादी केन्द्र प्रदेश १ कमिटीले जनाएको छ। बगडिया माओवादी केन्द्र रंगेली नगरपालिकाको इन्चार्ज पनि थिए। तर, उनले पार्टीको कामलाई पूर्ण बेवास्ता गर्दै आफ्नो कामलाई मात्र चासो दिने गरेका थिए।

झन्डै आधा दर्जन इँटा र अन्य केही उद्योगका मालिका बगडिया पहिले नेपाली कांग्रेसमा थिए। कांग्रेसबाट सांसदको टिकट नपाएपछि रुष्ट भएका उनी पछि माओवादी पार्टीमा आबद्ध भएका थिए। माओवादीले बगडियालाई रंगेली नगरपालिकाको टिकट दिएर निर्वाचित गराएको थियो।