मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २४ मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २४ मंगलबार १६:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महिला हिंसा अन्त्यका लागि कानुनमा सुधार आवश्यक : मन्त्री झाँक्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २४ मंगलबार १६:३६:oo

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिला हिंसा अन्त्यका लागि कानुनको सुधार गर्नुपर्नेमा जोड दिएकी छिन्। महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कसैले अधिकारको प्रयोग गर्दैगर्दा अर्को पक्ष पीडित बन्ने कुरालाई ध्यान दिँदै कानुनको सुधार गर्नुपर्ने बताइन्। 

कतिपय महिला हिंसाका घटनालाई राजनीतीकरण गरेर पीडितले न्याय नपाउने अवस्था आएकाले त्यस्ता घटनाको विषयमा बहस र पैरवी अदालतमा मात्रै हुनुपर्ने उनले बताइन्। 

‘खासगरी विधेयकहरू सरकारी तहमा मात्रै बन्ने एकाधबाहेक र सरकारले विधेयक ल्याउनुभन्दा अगाडि सरोकारवाला निकायहरूले व्यापक छलफल गर्नुपर्ने र त्यसैका लागि संविधानतः बनाइएका संवैधानिक आयोगहरूले पर्याप्त होमवर्क, पर्याप्त काम गर्नुपर्ने देखिन्छ।  त्यसको समन्वय गर्ने काम महिला मन्त्रालयको हो। आज दिइएको अधिकार प्रयोग गर्दै गर्दा अर्को पक्ष पीडित बन्दै गरेका कुराहरूलाई कानुनको सामूहिक बनाउने कुरा, अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्ने कुरा र कानुनमा भएका त्रुटिहरूलाई सुधार गर्ने कुराको प्रतिबद्धता महिलाको आँखाबाट आज हेर्दै गर्दा हामीले यो संकल्प र प्रतिबद्धता गरौँ– कानुनको सामूहिक सुधार आवश्यक छ,’ उनले भनिन्। 

मन्त्री झाँक्रीले संवैधानिक निकायहरूमा बनेका कानुनहरूको प्रभावकारी कार्यान्वयन भएका छन् कि छैनन् भनेर अनुगमन गर्नुपर्ने पनि बताइन्।