Read Time : < 1 मिनेट
२o८१ बैशाख २५ मंगलबार १५:o७:oo
स्थगित भएको नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्वका लागि जिल्ला अधिवेशन सुरु भएको छ। आज बिहानबाट मतदान सुरु भएको नेपाली कांग्रेसले जनाएको छ।
सप्तरीको राजविराजस्थित पब्लिक माविमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको कांग्रेस नेता बद्री महत्मान यादवले जानकारी दिए। नयाँ नेतृत्वका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साहले उम्मेदवारी दिएका छन्।
यसअघि फागुन २१ गते रूपनी गाउँपालिका– ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तय गरिएको निर्वाचन स्थलमा एउटै व्यक्ति पटकपटक मतदाताको सहयोगी बनेको भन्दै विवाद उत्पन्न भएर अधिवेशन स्थगित भएको थियो। निर्वाचन अधिकृत डा. रुद्र शर्माका अनुसार जिल्ला अधिवेशनका लागि कुल दुई हजार पाँच सय ३५ मतदाता छन्। रासस