मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २४ मंगलबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २४ मंगलबार o८:२४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर बजारमा झिनो सुधार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २४ मंगलबार o८:२४:oo

सोमबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । बजार बन्द हुँदा नेप्से सूचक १ दशमलव ५५ अंकले बढेर दुई हजार पाँच सय ४४ दशमलव ९४ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ समूहका सूचकमध्ये पाँचवटा समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै अर्थात् १ प्रतिशतले बढ्नेमा ‘अन्य’ समूहको सूचक र उत्पादनमूलक समूह छन् । त्यस्तै, वाणिज्य बैंक, होटेल तथा पर्यटन, निर्जीवन बिमा समूहको सूचक सामान्य बढेको छ । सबैभन्दा धेरै अर्थात् १ प्रतिशतले घट्नेमा जीवन बिमा समूह, जलविद्युत् समूह रहेका छन् । माइक्रो फाइनान्स समूह, ट्रेडिङ समूह, लगानीगत समूहको सूचक सामान्य घटेको छ । 

घटेको नेप्से सूचकमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी, बोटलर नेपाल (तराई) सामुदायिक लघुवित्त वित्तीय संस्था, इमर्जिङ नेपाल, नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य ३ प्रतिशतदेखि करिब ६ प्रतिशतसम्मले सबैभन्दा धेरै बढेको छ । केही हप्तादेखि नेपाल टेलिकमको सेयर मूल्य बढेर कारोबार रकम पनि बढिरहेको छ । कम्पनीले बोनस दिने हल्ला बजारमा चलेको भए पनि कम्पनीले कुनै प्रस्ताव गरेको छैन । बजार हल्लाकै कारण कम्पनीको सेयर बढिरहेको छ भने सेयर खरिद–बिक्री रकम बढेको छ । उक्त कम्पनीको सोमबार दोस्रो ठूलो कारोबार भएको छ । नेपाल टेलिकमको १२ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ । 

सोमबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३० कम्पनीका ५३ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब ६० करोड रुपैयाँको कारोबार भएको छ । शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एसिया बैंक, पाँचथर पावर कम्पनीको सेयर १० करोड रुपैयाँदेखि २७ करोड रुपैयाँको कारोबार भएको छ । पाँचथर पावर कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, वरुण हाइड्रोपावर कम्पनी, माउन्टेन हाइड्रो नेपाल ३ प्रतिशतदेखि करिब ७ प्रतिशतसम्मले घटेको छ ।