मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २४ मंगलबार
  • Wednesday, 18 December, 2024
२o७८ फाल्गुण २४ मंगलबार o६:२४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

झापा गोल्डकप : एपिएफ बाहिरियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २४ मंगलबार o६:२४:oo

विभागीय एपिएफ फुटबल क्लब झापा गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । सोमबारको पहिलो खेलमा सातदोबाटो युथ क्लबले २–१ गोलअन्तरले पराजित गरेसँगै एपिएफ प्रतियोगिताबाटै बाहिरिएको हो । जितसँगै सातदोबाटो झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोको जितमा सुशील राई र निरज चौधरीले गोल गरेका थिए । 

खेलको ८२औँ मिनेटमा सुशीलले डिबक्सबाट प्रहार गरेको बलले पोस्टको दिशा पाएको थियो । गोलपछि निकै आक्रामक बनेको सातदोबाटोले एपिएफविरुद्ध ८५औँ मिनेटमा अर्को गोल थप्यो । सातदोबाटोका निरजले २२ यार्ड टाढाबाट गरेको प्रहार विपक्षी खेलाडीसँग ठोकिँदै गोलमा परिणत भयो । यो गोलले एपिएफ थप आक्रमक बनेसँगै इन्जुरी समयमा सन्त्वना खोल फर्कायो । एपिएफका लागि दिपेश धिमालले गोल गरे । 

ए डिभिजन लिगमा पहिलोपटक बढुवा भएको सातदोबाटोले निकै उत्कृष्ट प्रदर्शन गरिरहेको छ । लिगमा सातदोबाटो चौथो स्थानमा थियो । उसले ए डिभिजन लिगमा पनि एपिएफलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गरेको थियो । लिगपछिको पहिलो भेटमा पनि एपिएफलाई पराजित गरेको हो । यसअघिको खेलमा जावलाखेललाई पराजित गर्दै सातदोबाटो क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । 

सोमबारको खेलमा एपिएफले दर्जनभन्दा बढी गोल गर्ने अवसर गुमाएको थियो । छैटौँ मिनेटमै एपिएफका युवराज खड्काले डिबक्सबाटै प्रहार गर्ने अवसर पाएका थिए । तर, विपक्षी सातदोबाटोका गोलरक्षक अभिषेक बरालले सहजै विफल बनाए । खेलको ८औँ मिनेटमा एपिएफका अर्मोड बेडमले डिबक्सबाट गरेको प्रहार मार्टिन सिलोले उत्कृष्ट बचाउ गरे । १३औँ मिनेटमा सातदोबाटोका प्रशान्त अवस्थीको कर्नर प्रहारमा आकाश बुढामगरले गरेको क्रस एपिएफका गोलरक्षक युया कुरियामाले बचाउ गरे । २१औँ मिनेटमा एपिएफका अर्मोड बेडमले डिबक्सभित्रबाट गरेको प्रहार सातदोबाटोका मार्टिन सिलोले बचाउ गरे । 

पहिलो हाफको अतिरिक्त समयमा सातदोबाटोका प्रशान्त अवस्थीले डिबक्सभित्रबाट गरेको प्रहार पोस्टनजिकैबाट बाहिरियो । पहिलो हाफमा एपिएफले धेरै मुभ बनायो । तर, उसले बललाई दिशा दिन सकेन । 

४६औँ मिनेटमा सातदोबाटोका सुशील राईले गरेको प्रहार विपक्षी गोलरक्षकले सहजै विफल बनाए । ७४औँ मिनेटमा एपिएफका युवराज खड्काको हेडर पोस्टनजिकैबाट बाहिरियो । खेलको म्यान अफ द म्याच सातदोबाटोका सुशील राई घोषित भए । उनले नगद नौ हजार नौ सय ९९ रुपैयाँ प्राप्त गरे । मंगलबारको दोस्रो क्वार्टरफाइनल खेल संकटा र थ्री स्टर क्लबबीच हुने आयोजक समितिका सदस्य सचिन सुब्बाले बताए । संकटाले नेपाल पुलिस क्लबलाई हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको हो । थ्री स्टार भने बाइ पाएर सोझै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

मौका सदुपयोग गर्न नसक्दा दबाबमा पर्‍यौँ
 कुमार थापा, प्रशिक्षक, एपिएफ क्लब 

पहिलो हाफमा गोल गर्ने मौका बनाएका थियौँ । त्यसलाई सदुपयोग गर्न नसक्दा दबाबमा पर्‍यौँ । गर्मी पनि थियो । यो मैदानमा सातदोबाटोले धेरै खेलेकाले पनि उसलाई फाइदा भयो । हामीले पहिलोपटक खेलेका हौँ । नकाउट टुर्नामेन्टमा हार–जित स्वाभाविक हो । 

गर्मीले खेल्न गाह्रो भयो
 उज्ज्वल मानन्धर, प्रशिक्षक सातदोबाटो युथ क्लब

हाम्रो टिममा बी डिभिजनबाट यसै वर्ष आएका धेरै खेलाडी छन् । उनीहरूले यस्तो गर्मीमा खेलेकै थिएनन् । त्यसकारण सोचेजति गर्न सकिएन । तर पनि जित निकाल्यौँ । अब सेमिफाइनलमा पनि यही टिम रहन्छ । अजयी मार्टिनलाई विपक्षी खेलाडीले मार्क गर्दा लिगमा जस्तो उनी चल्न सकेनन् ।