१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २३ सोमबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २३ सोमबार १८:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

युट्युब र सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा दुईजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २३ सोमबार १८:१९:oo

युट्युब च्यानलमार्फत चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले सेलेब नेपालका सञ्चालकलाई पक्राउ गरेको छ। प्रहरीले हाल बुटवल उपमहानगरपालिका– १३ बस्ने २१ वर्षीय राहुल थापालाई पक्राउ गरेको हो। 

थापाले सेलेब नेपाल नामको युट्युब च्यानल सञ्चालन गर्दै आइरहेका थिए। उनले उक्त च्यानलमा पीडितलाई थप पीडा हुने गरी चरित्र हत्या गरेको आरोप लागेको छ। पक्राउ परेका थापालाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही हुनेछ। जिल्ला अदालत काठमाडौंको अनुमतिपछि उनलाई पाँच दिनको लागि हिरासतमा राखिएको छ। 

सामाजिक सञ्जालमै जथाभावी लेखेको आरोपमा ब्युरोले नै ललितपुर बस्ने २९ वर्षीय विकास महर्जनलाई पनि पक्राउ परेको छ। उनलाई पनि आइतबार पक्राउ गरिएको हो। उनले नाबालिगको अस्लिल तस्बिर सामाजिक सञ्जालमा राखेको र गालीगलौज गरेको आरोप पीडित पक्षले लगाएका छन्।