Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २२ आइतबार १३:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समाचारलाई लिएर पत्रकार खड्कालाई धम्की दिएकोप्रति महासंघको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २२ आइतबार १३:०९:००

नेपाल पत्रकार महासंघले पत्रकार उपेन्द्र खड्कालाई केन्द्रीय युनिफाइड अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र बस्नेतले धम्की दिएको घटनाप्रति महासंघले ध्यानाकर्षण भएको जनाएको छ।

समाचारको विषयलाई लिएर उकेरा डटकममा कार्यरत पत्रकार खड्कालाई अस्पतालका बस्नेतले धम्की दिएको घटनाप्रति महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाएका हुन्। 

‘नागरिकलाई सुसूचित गर्ने दायित्व निर्वाहमा जुटेका पत्रकारलाई कुनै पनि पक्षबाट धम्क्याउनु निन्दनीय हुनुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो। महासंघ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र प्रेस स्वतन्त्रताविरोधी यस्ता हर्कत नियन्त्रणमा गम्भीर हुन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ। 

समाचार संकलनका क्रममा फागुन १९ गते बुधबार वीर अस्पताल पुगेका पत्रकार खड्कालाई समाचार लेखेको विषयलाई लिएर साइबर क्राइमको मुद्दासमेत लगाउने धम्की दिएका महासंघको उपत्यका प्रदेश समितिले जनाएको छ।