१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २२ आइतबार
  • Monday, 01 July, 2024
२o७८ फाल्गुण २२ आइतबार o६:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्रदेश १ को नाम  कोसी राख्न ओलीको सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २२ आइतबार o६:१४:oo

एमाले अध्यक्ष केपी ओलीले प्रदेश–१ को नाम कोसी राख्न सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश–१ को भेलालाई शनिबार बिर्तामोडमा सम्बोधन गर्दै ओलीले कोसी सभ्यतासँग जोडिएकाले यही नाम राख्न सुझाव दिएका हुन् । उनले प्रदेश–१ का लागि कोसीबाहेक अरू नाम उपयुक्त नभएको बताए । उनले कोसी सभ्यता नै पुरानो भएको बताए ।

शनिबार नै झापा विद्रोहको सम्झनामा सुखानीका सहिदको सालिकमा माल्यार्पण गर्दै ओलीले माओवादी र प्रचण्ड आफैँ सकिएको दाबी गरे । उनले माओवादी अध्यक्ष प्रचण्डको चिनामा नै आफैँ सकिने लेखिएकाले एमालेले सक्न नपर्ने बताए । 

उनले आफूले ०५६ मै माओवादी दश वर्ष उग्रपन्थमा चढ्छ, दश वर्ष ओरालो लाग्छ र बाँकी दश वर्षमा सकिने भविष्यवाणी गरेको बताए । अब आउँदो स्थानीय तहको निर्वाचनमा माओवादीको हालत देखिने उनको भनाइ थियो । 

त्यस्तै, झापा गोल्डकपको उद्घाटन गर्दै ओलीले बिर्तामोडमा रंगशाला निर्माणमा भूमिका खेल्ने बताए । उनले डोमालाल राजवंशी रंगशाला जालझेल गरेर भूमाफियाले कब्जा गर्न खोजेको बताउँदै त्यसो हुन नदिने बताए । उनले आफ्ना पार्टीका नेताको अगुवाइमा केही जमिन फिर्ता ल्याएको र बाँकी पनि ल्याउने दाबी गरे । 

ad
ad
ad
ad