![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/humla-nayapatrika2022-03-05-04-31-24.jpeg)
हुम्लाका विभिन्न खण्डमा सञ्चालित सवारीसाधनको भाडादर तोकिएको छ। जिल्ला प्रशासन कार्यालय हुम्ला र यातायात व्यवसायी हुम्लाले सवारी भाडादर तोकेको हो।
अदानचुलीको गल्फागाडदेखि श्रीनगर बजारसम्म ८० रूपैयाँ, ताजाकोटको कबाडीदेखि मैलाको छप्रेलासम्म ८८ रूपैयाँ, ताजाकोटको सिरुपाटादेखि गोठेलवाडासम्म ८८ रूपैयाँ, लयाटादेखि काडागाउँसम्म ५६ रुपैयाँ र छप्रेलादेखि नैकालासम्म ३२ रुपैयाँ तोकिएको छ। यसैगरी, जैरको खच्चादेखि भुज्माधारासम्म ४० रूपैयाँ, चंखेलीको सल्लीसल्लादेखि मैला कबाडी ३१२ रूपैयाँ र सरिसल्लादेखि पिप्पलाङ ४० रुपैयाँ, लोतीदेखि मुगुको सिमानासम्म २१६ रुपैयाँ, सरिसल्लादेखि सर्केगाडसम्म ८० रुपैयाँ तोकिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ।
प्रशासनका अनुसार खार्पुनाथ–खर्पेलगाउ ६० रुपैयाँ, खार्पुनाथ–बोक्चेगौडा ४० रुपैयाँ, खार्पुनाथ–सिमकोट १२० रुपैयाँ, सिमकोट–लिमाटाङ रलिग १५० रुपैयाँ, सिमकोट–बरागाउँ–ठेहे–दोजाम २२० रुपैयाँ, सिमकोट–हेप्का १७० रुपैयाँ तोकिएको छ। यस्तै, उत्तरी नाम्खा गाउँपालिका सल्ली–लिमी ५५० रुपैयाँ, ट्याक्ची–हल्जी १५० रुपैयाँ, सिमकोट–हिल्सा ९५० रूपैयाँ, सिमकोट–औलधिगा १५० रुपैयाँ, सिमकोट–लेखधिगा २२० रुपैयाँ, सिमकोट–लेगधिगा–लिमिलाप्चा ९०० रुपैयाँ कायम भएको छ।
दक्षिण बाजुराको सिमाना ताजाकोटको कबाडीदेखि उत्तरी हिल्सासम्मको भाडादर पहिलोपटक तोकिएको हो। भाडादर तोकिएसँगै व्यवसायीले मनपरी भाडादर असुल्नबाट नागरिकलाई राहत मिल्ने भएको छ।