Skip This
कोभिडका  सबै प्रतिबन्धात्मक आदेश डेढ महिनापछि खारेज
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २१ शनिबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २१ शनिबार o६:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कोभिडका  सबै प्रतिबन्धात्मक आदेश डेढ महिनापछि खारेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २१ शनिबार o६:३५:oo

अब १२ वर्षमुनिका विद्यार्थीको पनि नियमित कक्षा सञ्चालन हुने भएको छ । यसअघि १२ वर्षमुनिका बालबालिकालाई आलोपालो गरी कक्षा सञ्चालनको निर्णय भए पनि कोभिड– १९ संक्रमणदर घटेको भन्दै सरकारले नियमित कक्षा सञ्चालनको निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको हो । 

जसअनुसार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कक्षा सञ्चालनको अनुमति दिने निर्णय गरेका हुन् । ‘१२ वर्षमाथिका विद्यार्थीले खोप लगाइसकेर नियमित कक्षा भइरहेको थियो,’ शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘तर, त्यसमुनिका बालबालिकामा खोप नलगाइए पनि संक्रमणदर घटेर जोखिम टरेको आकलनअनुसार कक्षा सञ्चालनबारे निर्णयको अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिइएको हो । जसअनुसार जिल्ला प्रशासनले स्थानीय तहसँग समन्वय गरेर प्रतिबन्ध हटाउन थालेका छन् ।

कोभिडको तेस्रो लहरको संक्रमण घटेर सामान्य अवस्थातिर गएसँगै डेढ महिनाअघिका सबै प्रकारका प्रतिबन्ध खारेजीमा परेका छन् । काठमाडौंका तीनवटै जिल्ला प्रशासन कार्यालयले स्मार्ट लकडाउन, २०७८ सम्बन्धी कार्यविधिका सबै आदेश शनिबारदेखि खारेजीको निर्णय गरेका हुन् । गृहले उपत्यकाबाहिरका सबै जिल्ला प्रशासन कार्यालयलाई आवश्यकताअनुसार निर्णयको अधिकार दिएको छ ।

योसँगै उपत्यकामा रात्रिकालीन व्यवसाय सञ्चालनमा रोकतोक हुनेछैन भने भेला, आमसभा आयोजना गर्न पाइनेछ । यसअघि क्षमताको ५० प्रतिशत वा सयजना उपस्थित हुने गरी सञ्चालन गर्न भनिएका पार्टी प्यालेस पूर्ण क्षमतामा सञ्चालन हुने भएका छन् । रंगशालामा शतप्रतिशत दर्शक राख्न पाइनेछ । 

सबै प्रकारका प्रतिबन्ध हटे पनि कोभिड– १९ संक्रमणसँग सम्बन्धित स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । ‘कोरोनाको संक्रमणदर घट्दै गएको छ, खोपको दायरा बढेको छ,’ उनले भने, ‘स्वास्थ्य मापदण्डको पालना गरेर नियमअनुसारका सबै गतिविधि सञ्चालन गर्न पाइनेछ ।’
 

ad
ad
ad
ad