१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १८:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस जिल्ला अधिवेशन : १६ मध्ये चार जिल्लामा नेतृत्व चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १८:५४:oo

नेपाली कांग्रेस जारी जिल्ला अधिवेशनमा १६ मध्ये ४ जिल्लाको अधिवेशन सकिएको छ। फागुन २० भित्रको पूर्वनिर्धारित अधिवेशनको मितिमा ४ मात्र जिल्लाको अधिवेशन सम्पन्न भएको हो। कांग्रेस केन्द्रीय निर्वाचन समिति सचिव केशव रिजालले पर्सा,सिन्धुली मकवानपुर र बाराको निर्वाचन सम्पन्न भएको जानकारी दिए। ‘४ जिल्लाको अधिवेशन सकिएकाे छ। बाँकी जिल्लाका निर्वाचन प्रक्रिया जारी रहेको जानकारी आएको छ,’ उनले नयाँ पत्रिकासँग भने। 

यसअघि कांग्रेसले फागुन १३ गते अधिवेशन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो। १४औँ महाधिवेशनअघि अधिवेशन सम्भव नभएपछि कांग्रेसले महाधिवेशनपछि पनि पटकपटक अधिवेशनको मिति तय गरेको थियो। तर, कोरोना, राष्ट्रिय सभा निर्वाचन,एमसिसी पारितलगायतका कारण अधिवेशन सर्दै आएको छ। पछिल्लोपटक पार्टी नेतृत्वबाट अनुरोध आएका आधारमा अधिवेशन सारिएको निर्वाचन समितिले जानकारी दिएको छ। 

 रिजालका अनुसार कांग्रेसको सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लाको अधिवेशन हुन बाँकी छ।  निर्वाचन समितिले पछिल्ला समय  यी जिल्लाबाहेकका निर्वाचन हुन बाँकी महासमिति सदस्य पदको निर्वाचन, पालिका र वडा कार्यसमितिका बाँकी निर्वाचन भने सम्पन्न भइसकेको जानकारी दिएको छ। 
 

ad
ad