मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २० शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २० शुक्रबार १७:१o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

‘सबैले वेद, पुराण पढ्न पाउनुपर्छ’  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २० शुक्रबार १७:१o:oo

समानता अभियान नेपालले गुरुकुलमा सबैले वेद, पुराण पढ्न पाउनुपर्ने माग गरेको छ । शुक्रबार रिपोर्टस् क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानले गुरुकुलमा जातीय विभेद अन्त्य गरेर सबैले वेद र पुराण पढ्न पाउनुपर्ने माग गरेको हो । कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता शंकर भण्डारीले वेदलाई आधुनिक विज्ञानले पनि ज्ञान र विज्ञानको सृष्टिको रूपमा परिभाषित गरेको बताए । भण्डारीले वैदिक सनातन धर्मलाई नै हिन्दुधर्म भनिने पनि स्पष्ट पारे । 

यसैगरी, वाचन शिरोमणि दिनबन्धु पोखरेलले छुवाछुत शब्द हिन्दु धर्ममा नभएको स्पष्ट पारे । उनले संसारमा जात भन्ने वास्तवमा मानव जाति मात्र भएको उल्लेख गरे । मानवको एउटै मात्र जात हुने तर पहिचान भने भिन्न हुने उनको भनाइ थियो । पोखरेलले जातीयताभन्दा पनि जातबारे समुदायमा विभेद भएको स्वीकार गरे । 

कार्यक्रममा बोल्दै नेपाल दलित पार्टीका केन्द्रीय अध्यक्ष मेघबहादुर कामीले आफ्नो पार्टीले मानववादी सिद्धान्त लिएर आएको र पार्टीभित्र जातीय विभेद नहुने स्पष्ट पारे । उनले सबै श्रमजीवीको सम्मान गर्नुपर्ने धारणा राखे । सबै जातिले गुरुकुलमा पढ्न पाउनुपर्नेमा  उनले जोड दिए । धर्ममा भएका विसंगतिलाई हटाएमा मात्र जातीय विभेद अन्त्य हुने उनको भनाइ थियो । 

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले ब्राह्मण जातीयताको आधारले नभई मानिसहरूको योग्यता र क्षमताको आधारमा हुनुपर्ने बताए । नेपालमा जातीय विभेदले जरा गाडेको भन्दै यसलाई अन्त्य गर्नपर्ने उनले धारणा राखे । त्यस्तै, दलित आत्मरक्षा अभियानका अध्यक्ष डा.मित्र परियारले नेपालमा मात्र नभएर अस्ट्रेलियामा पनि जातीय विभेद भएको सुनाए । गुरुकुलमा सबैले पढ्न पाउनुपर्छ भन्नेहरूलाई बौलाएको आरोप लाग्ने गरेको पनि बताए । 

राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवले हिन्दु धर्ममा छुवाछुत शब्द कतै नभएको बताएका छन् । उनले भने,‘नश्लीय चिन्तनको कारणले हिन्दु संस्कृति र सनातनको बदनाम भइरहेको छ ।’ उनले धार्मिक र जातीय समस्या नेपालमा मात्र नभएर विश्वभर हुने सुनाए । हिन्दु धर्ममा मनोस्मृतिको कुरा आउने तर जातीयताको बारेमा व्याख्या नगरिएको उनले स्पष्ट पारे । 

प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य दिनेशराज पन्तले आफू धेरै सनातनी भएको भन्दै वैज्ञानिक चिन्तन भएकाहरूलाई पछि गएर हेप्ने कार्य सुरुवात भएको बताए । गुरुकुलमा जातीय विरोध अन्त्य भई सबैले पढ्न पाउने वातावरण विस्तारै बन्दै जाने उल्लेख गरे ।