१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दोलखाको कालिञ्चोक मन्दिरमा निर्माण भएको केबलकारकाे उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:१२:oo

दोलखाको कालिञ्चोक मन्दिरमा निर्माण भएको केबलकारकाे उद्घाटन गरिएकाे छ । एमाले अध्यक्ष केपी ओलीले कालिञ्चोक दर्शन लिमिटेडले सञ्चालनमा ल्याएको केबलकारको औपचारिक उद्घाटन गरेका हुन्  ।  मन्दिर दर्शन गर्न र मन्दिरछेउमा निर्माण भएको केबलकारको उद्घाटन गर्न ओली आज कालिञ्चोक आइपुगेका छन् । 

अध्यक्ष ओलीलाई कालिञ्चोक गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक तरिकाले स्वागत गरेको गाउँपालिकाका अध्यक्ष बिनकुमार थामीले जानकारी दिए ।  

माओवादी केन्द्रको विरोध
सार्वजनिक जग्गामा निर्माण भएको केबलकार उद्घाटनमा पूर्वप्रधानमन्त्रीजस्तो राज्यको महत्वपूर्ण व्यक्ति आएको भन्दै नेकपा माओवादी केन्द्रले विरोध जनाएको छ । नेकपा माओवादी केन्द्र कालिञ्चोक गाउँपालिका समितिले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक जग्गामा शक्तिको दुरुपयोग गरी निर्माण गरिएको केबलकार उद्घाटनमा पूर्वप्रधानमन्त्री पुग्नुलाई आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

विज्ञप्तिमा राज्यको सम्पत्ति दोहन गरी अवैध ढंगले निर्माण गरिएको केबलकार उद्घाटनमा केपी ओली सहभागी हुनु राज्य संयन्त्र र ऐन–नियमको खिल्ली उडाइएको आरोप लगाइएको छ । 


 

ad
ad