१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १९ बिहीबार
  • Saturday, 28 September, 2024
२o७८ फाल्गुण १९ बिहीबार ११:४o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा युक्रेनमा रुसी गतिविधिबारे अनुसन्धान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १९ बिहीबार ११:४o:oo

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले युक्रेनमा रुसी गतिविधिहरूबारे अनुसन्धान सुरु गरेको आइसिसी अभियोजक करिम खानले जानकारी दिएका छन्। ‘सक्रिय अनुसन्धानको साथ तुरुन्तै अगाडि बढ्ने मेरो निर्णयको केही क्षणअघि आइसिसी अध्यक्षलाई सुचित गरेको छु। प्रमाण संकलनमा हाम्रो काम अब सुरु भएको छ,’ खानले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘आइसिसीले संगठनको मुख्य उद्देश्यमा ध्यान केन्द्रित गर्नेछ, अदालतको क्षेत्राधिकारअन्तर्गत अपराधहरूका लागि जवाफदेहिता सुनिश्चित गर्नेछ।’

गत हप्ता, डोनेटस्क र लुहान्स्कका अलग्गिएका गणतन्त्रहरूले युक्रेनी सेनाद्वारा जारी आक्रमणबाट आफूलाई बचाउन सहयोगको अनुरोध गरेपछि रुसले विशेष अपरेसन सुरु गरेको जनाएको छ। यसैबीच पश्चिमी देशहरूले रुसी सैन्य कारबाहीको कडा निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्धको दबाब बढाएका छन्। रासस/एएनआई/स्पुतनिक