मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १९ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १९ बिहीबार o६:२८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जिपले फुल्ली इलेक्ट्रिक भेहिकल बनाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १९ बिहीबार o६:२८:oo

अटोमोबाइकल ग्रुप स्टेलेन्टिसले आफ्नो जिप ब्रान्डलाई ‘इलेक्ट्रिफाई’ गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । मंगलबार स्टेलेन्टिसले जिपको पहिलो ‘ब्याट्रिइलेक्ट्रिक क्रसओभर’को कन्सेप्ट सार्वजनिक गरेको हो ।

अहिले कुनै नाम नदिइएको यो ‘इलेक्ट्रिक भेहिकल’ सुरुमा युरोपमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ । त्यसपछि नेपाल र भारतसहित एसिया प्यासिफिक क्षेत्रमा पनि ल्याइने कम्पनीले उल्लेख गरेको छ । यो इभी जिपको लेजेन्डरी क्यापाबिलिटी भएको सेग्मेन्टकै एक मात्र इभी हुने कम्पनीको दाबी छ ।

मंगलबार सार्वजनिक गरिएको पहेँलो रंगको जिप इभीको आकार जिप रेनेगेड र कम्पासको बीचमा रहने देखिन्छ । फ्रन्टसटमा जिपको सिग्नेचर सेभेन स्लट ग्रिल रहेको छ र एउटा ग्रिलमा अंग्रेजी अक्षरको ‘ई’ लेखिएको छ जसको अर्थ इलेक्ट्रिक भएको जनाइएको छ । पछाडिको भाग भने टेलपाइपविनाको चेरोकी वा रेनेगेडजस्तो देखिने कम्पनीले जनाएको छ । 

जिपको इभिलाई सिइओ कार्लोस टेभेरेसले स्टेलेन्टिसको २०२१ रिभ्युमा पहिलोपटक ‘अनभिल’ गरेका हुन् । उनले सन् २०२६ सम्ममा आफ्नो युरोपेली बिक्रीको शतप्रतिशत इभी हुने लक्ष्य लिएको बताए । त्यसैले जिपका सिइओ क्रिस्टिन म्युनिरले सन् २०२५ सम्म जिपले हरेक सेग्मेन्टमा इभी ल्याइसक्ने जानकारी दिए ।

यसले ग्राहकलाई जिरो इमिसन फ्रिडम दिलाउने जिप ब्रान्डको लक्ष्यलाई हासिल गर्न मद्दत पुग्ने उनको भनाइ छ । जिपले सन् २०३० को अन्तसम्ममा आफ्नो लाइनअपमा ७५ वटा बिइभी लन्च गरिसक्ने र विश्वभर वार्षिक ५० लाख इभी बिक्री गर्ने लक्ष्य रहेको जनाएको छ ।