जनता समाजवादी पार्टी (जसपा) ले विधान महाधिवेशन गर्ने भएको छ। जारी केन्द्रीय कार्यकारिणी समितिकाे बैठकले ०७९ असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको हो। यस्तै, यही फागुन २९ र ३० गते पार्टीको केन्द्रीय समितिको बैठक बोलाउने पनि कार्यकारिणीले निर्णय गरेको छ।
जसपामा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले यसअघि नै पार्टीको केन्द्रीय समिति बैठक बोलाउन अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिँदै आएको थियो।