१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १७ मंगलबार
  • Monday, 01 July, 2024
२o७८ फाल्गुण १७ मंगलबार o६:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

अर्गानिक खाद्यान्न छनोटमा अल्मलिन्छन् उपभोक्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १७ मंगलबार o६:५५:oo

स्वदेशी र विषादीरहित खाद्यसामग्री बिक्री गर्ने उद्देश्यले असोज ०७६ देखि किसान घर सञ्चालनमा ल्याएका हौँ । भरतपुर महानगरपालिकाको वडा नम्बर १० र ४ बाट सेवा दिइरहेका छौँ । स्थापनाकालदेखि नै हामी पूर्वदेखि पश्चिमसम्मका पोषणयुक्त प्रांगारिक, रैथाने र प्राकृतिक खाद्य सामग्री बिक्री गरिहेका छौँ । 

०७५ मा बुबालाई मुटुको समस्या भएपछि उपचारका लागि गंगालाल अस्पताल गएको थिएँ । उहाँको अप्रेसन नै गर्नुपर्ने थियो । त्यहीवेला खानपान नमिलेर यस्तो समस्या देखिएको हो कि भन्ने लाग्यो । यसपछि बुबाको उपचारलगत्तै जागिर छाडेर उच्च हिमाली भेगदेखि तराईका फाँटहरूमा उत्पादित अर्गानिक, रैथाने तथा प्राकृतिक खाद्य सामग्री बेच्ने गरी डोको–नाम्लो किसान घर सञ्चालनमा ल्याएँ । 

अर्गानिक भनेर हामीले बेच्दै आए पनि यसलाई अहिलेसम्म सरकारले प्रमाणित भने गरेको छैन । यसरी प्रमाणित गर्ने कुनै व्यवस्था नै छैन । विदेशतिर भने कुन वस्तुमा कति प्रतिशत विषादी छ भनेर नाप्ने गरिन्छ, तर नेपालमा यसरी नाप्ने प्रविधि नहुँदा हाम्रो उत्पादन ग्राहकले एकपटक प्रयोग गरेपछि मात्र थाहा पाउँछन् । हामीले बेच्ने धेरैजसो सामग्री कर्णाली प्रदेशबाट ल्याइएका छन् । यहाँ तरकारी तथा खाद्यान्नमा किसानले विषादी प्रयोग गर्न पाउँदैनन् ।

उपभोग्य सामग्रीलाई खाद्य सामग्री, दालजन्य सामग्री, मसलाजन्य, हर्बल तथा जडीबुटी, ताजा तरकारी, फलफूल र आयातीत ड्राई फ्रुट्स गरेर विभाजन गरेका छौँ । इलामको चिया, बाग्लुङको कालो भटमास, बझाङको मस्याङ, अकबरे खुर्सानी, सल्यानी अदुवा/बेसारको धुलो, जिम्बु, दाल, च्याँख्ला, पिठोलगायत ६० थरीका पोषणयुक्त खाद्य सामग्री किसान घरमा पाइन्छ । 

चितवनको प्रांगारिक उत्पादनमा आधिकारिक लोगो
प्रांगारिक उत्पादनलाई पहिचान दिन चितवनमा सहभागितामूलक गुणस्तर निर्धारण प्रणाली (पिजिएस) लोगोसहित कृषि उत्पादनहरू बजारीकरण भएको छ । जिल्ला प्रांगारिक संघमा आबद्ध किसानहरूले विषादीरहित रूपमा उत्पादन गरेको तरकारीमा लोगो राखेर बजारीकरण गर्छन् । कृषि ज्ञान केन्द्र चितवनले प्रवद्र्धन गरेको यस कार्यक्रममा २० भन्दा बढी किसानले प्रांगारिक खेती गर्दै आएका छन् ।

 रैथाने खानेकुरामा युवापुस्ताको आकर्षण
पछिल्लो समय रैथाने खानेकुरामा युवापुस्ताको चासो बढेको छ । पोषण र औषधीय गुणहरू प्रचूर मात्रामा हुने भन्दै अस्पतालमा उपचार गराएका बिरामीहरू पनि चिकित्सककै परामर्शमा यहाँ सामग्री किन्न आउँछन् । उच्च रक्तचाप, मधुमेह, क्यान्सरका बिरामीहरू हाम्रा नियमित ग्राहक हुन् । हामी किसानकोमै पुगेर सामान ल्याउने भएकाले सस्तो पनि पर्छ । सरकारले नै यस्ता सामग्रीको विषादी परीक्षण गरी बिक्री केन्द्रमा पठाउने व्यवस्था गरे उपभोक्ताले थप ढुक्कसँग उपभोग गर्न सक्थे ।

 

ad
ad
ad
ad