१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १६ सोमबार
  • Thursday, 27 June, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७८ फाल्गुण १६ सोमबार o७:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

पल शाहविरुद्ध सात दिनको म्याद थप 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ फाल्गुण १६ सोमबार o७:o१:oo

जाहेरी दर्ता भएको चार दिनपछि जबर्जस्ती करणीका अभियुक्त पल शाह (पूर्णविक्रम शाह)ले प्रहरीमा आत्मसमर्पण गरेका छन् । उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका हुन् । प्रहरीका अनुसार पल आइतबार बिहान तनहुँस्थित जिप्रका पुगेका थिए । गेटमा देखेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

पलविरुद्ध थप अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत तनहुँबाट सात दिनको म्याद थप गरेको छ । जिप्रका तनहुँका प्रमुख एसपी राजेन्द्रबाबु रेग्मीले पलविरुद्ध सात दिनको म्याद थप भएको बताए । ‘जबर्जस्ती करणी अभियोगमा पललाई प्रहरीले खोजिरहेको थियो । आइतबार उनी कार्यालयको गेटमा देखिए । लगत्तै प्रहरीले पक्राउ गर्‍यो । थप अनुसन्धानका लागि उनीविरुद्ध सात दिनको म्याद थप भएको छ,’ उनले भने ।

पलविरुद्ध ११ फागुनमा जिप्रका तनहुँमा जबर्जस्ती करणीको जाहेरी परेको थियो । त्यसलगत्तै खोजीमा उत्रिएको प्रहरीले उनलाई पक्राउ गर्नसकेको थिएन । फरार पलविरुद्ध पक्राउ गर्न प्रहरीले महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्रसहित अनुरोध गरेको थियो । काठमाडौं परिसरले खोजीका लागि मातहतका १४ वटै वृत्तलाई निर्देशन गरेको थियो । यस क्रममा प्रहरीले पलनजिकका आफन्त मात्र नभई संगतका साथीसँग समेत सोधपुछ गरेको थियो ।

जाहेरीमा उल्लेख भएअनुसार गायिकाविरुद्ध अन्तिमपटक गत १४ वैशाखमा तनहुँ शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित प्रदीप थापाको घरमा बलात्कार गरेका थिए । त्यसअघि उनले १० पुस ०७७ मा पोखरास्थित होटेल प्राइम र ७ चैत ०७७ मा चितवनस्थित गैँडाकोट रिसोर्टमा पटक–पटक बलात्कार गरेका थिए । 

ad
ad
ad
ad