१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १७:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पूर्वअर्थमन्त्री पाण्डे भन्छन्– अर्थतन्त्र सबल बनाउन पूर्वाधार निर्माणमा गरिएका प्रयासबारे पुनर्विचार गर्नुपर्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:o५:oo

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थतन्त्र सबल बनाउन पूर्वाधार निर्माणमा गरिएका प्रयासहरूको समीक्षा गर्नुपर्ने बताएका छन्। त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा उनले यस्तो बताएका हुन्।

एकपटकमा धेरै आयोजना घोषणा गर्ने तर काम नगर्ने प्रवृत्तिले अर्थतन्त्रमा समस्या आएको उनको धारणा छ। सरकारले अब अर्थतन्त्रलाई सबल बनाउनका लागि पूर्वाधार निर्माणका आयोजना घोषणा मात्रै नगरेर समयमा नै सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए।

‘मुलुकको अर्थतन्त्र सबल बनाउनका लागि सरकारले आजसम्म पूर्वधार निर्माणमा गरेका प्रयासहरूमा रिभिजिट गर्नुपर्छ। सरकारले एकैचोटी १००/२००/४०० वटा आयोजनाहरू घोषणा गर्ने त्यसको लागि पैसा पुग्दैन। त्यसपछि पशुपतिका पाहुनालाई टीका लगाएर दिएजस्तो दुई रुपैयाँ चार रुपैयाँ दिऊँ भनेको जस्तो। त्यसपछि सबै आयोजना एकैचोटी सुरु गरेको छ। कुनैले काम पूरा गर्न सक्दैन। काम गर्न नसकेपछि त्यसको लागत बढेर जान्छ, प्रतिफल छैन। एउटा, दुइटा योजना पूरा गरौँ अनि मात्रै अर्को योजना बनाऊँ भन्नेतर्फका कुराहरूमा हाम्रो सोच छैन। हाम्रा सांसदहरू चुनाव जित्नलाई तलका साना आयोजना माग गर्दछन्। राष्ट्रको आवश्यकता ठूलो छ। ४० प्रतिशत सानासाना पेटी आयोजनाहरूमा खर्च गरौँ, ६० प्रतिशत बजेट कानुन बनाएर भए पनि ठूला मेजर आयोजनाहरूमा मात्रै खर्च गर्ने गरी अन्यत्र रकमान्तर गर्न नपाउने जस्ता प्रबन्धहरू गरेर र कृषिमा केही नयाँ गर्नुपर्छ,’ पाण्डेले भने।

ad
ad