१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १३:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निजामती कर्मचारी संगठन खोटाङको अध्यक्षमा रेखा राई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:२८:oo

नेकपा (एमाले)निकट नेपाल निजामती कर्मचारी संगठन खोटाङको अध्यक्षमा रेखा राई चयन भएकी छिन् । गएराति दिक्तेलमा सम्पन्न संगठनको ११औँ जिल्ला अधिवेशनबाट राई अध्यक्षमा निर्विरोध चयन भएकी हुन्। 

दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा सम्पन्न अधिवेशनले राईको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा रामप्रसाद आचार्य र निर्मला शर्मा, सचिवमा ढुण्डीराज पाण्डे, सहसचिवमा राजकुमार राई र कोषाध्यक्षमा पवन पोखरेल चयन भएका छन्। 

सदस्यहरूमा ओसन सुवेदी, दीक्षिका शाक्य, पिएसपी चाम्लिङ, नारायण आचार्य, जीवन आचार्य, शेरबहादुर दाहाल, नरबहादुर बस्नेत, सिर्जना लुइँटेल, सुशीला बस्नेत आचार्य, सिर्जना आचार्य, सञ्जीव मुग्राती, प्रमेश झा, दिलबहादुर खत्री, दिनेश आचार्य, रितेश श्रेष्ठ, गीता रिजाल र नवराज राई रहेका छन्। अधिवेशनले मणिराम ढकाल, तीर्थ आचार्य, मन्दिरा घिमिरे, विनोद राई, अगम विश्वकर्मा र रामप्रसाद आचार्यलाई केन्द्रीय प्रतिनिधि छनोट गरेको छ। 

विज्ञान राई, यादव धमला, नवराज पौडेल, गणेश आचार्य, कृष्ण आचार्य र उत्तर बजिमयलाई प्रदेश प्रतिनिधिमा छनोट गरिएको निवर्तमान जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य मोहनकुमार भट्टराईले जानकारी दिए ।

ad
ad