राजन पौडेल र गोपीबहादुर भट्टराई पोखरा भेट्रान्स टेनिस प्रतियोगिताअन्तर्गत सिनियरतर्फको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार सम्पन्न सिनियर एकलको सेमिफाइनलमा राजनले हुम आलेलाई १–६, ६–४ र सुपर टाइब्रेकरमा १०–४ ले हराए ।
अर्को खेलमा गोपीले धरमबहादुर लामिछानेलाई ६–३, ०–६ र सुपर टाइब्रेकरमा १०–३ को सेटमा पराजित गर्दै उपाधि यात्रा तय गरेका थिए ।
प्रतियोगिताको एकलतर्फका विजेताले १५ हजार तथा दोस्रो हुनेले सात हजार पाँच सय पाउनेछन् । डबल्सतर्फ विजेताले १० हजार तथा उपविजेताले पाँच हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।