१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १४ शनिबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण १४ शनिबार o७:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

जसपा केन्द्रीय कार्यकारिणी बैठक जारी, आज एमसिसीबारे पार्टीको आधिकारिक धारणा तय हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण १४ शनिबार o७:४३:oo

सत्तासाझेदार जसपाले एमसिसी अनुमोदन र गठबन्धनको निरन्तरताको विषयमा शनिबारसम्म साझा धारणा बनाउने भएको छ । जसपाको शुक्रबारबाट सुरु केन्द्रीय कार्यकारिणी बैठकले एमसिसीबारे पार्टीको आधिकारिक धारणा तय गर्नेछ । एमसिसीबारे अन्य सत्तारुढ दलहरूले आफ्नो धारणा प्रस्ट पारे पनि जसपाले आधिकारिक धारणा बनाइसकेको छैन ।

एमसिसीमा जसपाभित्र विवाद छ । जसपामा अध्यक्ष उपेन्द्र यादव परिमार्जनसहित र संघीय अध्यक्ष डा. बाबुराम भट्टराई यथास्थितिमै एमसिसी अनुमोदनको पक्षमा छन् । कार्यकारिणी बैठकमा नेताहरूलाई एमसिसी सम्झौता र त्यससम्बन्धी जानकारीमूलक पुस्तिकासमेत वितरण गरिएको छ । सदस्यहरूलाई सम्झौता अध्ययन गरेर शनिबारको बैठकमा आउन भनिएको कार्यकारिणी सदस्य प्रशान्त सिंहले बताए । 

शनिबारको बैठकमा एमसिसीको विषयमा कार्यकारिणी सदस्यले आफ्नो धारणा राख्ने र पार्टीले आधिकारिक धारणा बनाउने उनले बताए । शनिबार एमसिसीको विषयमा जानकार नेताहरूबाट बैठकमा ब्रिफिङसमेत हुनेछ ।

शुक्रबारको बैठकमा स्थानीय एजेन्डा, स्थानीय निर्वाचन र पार्टी दर्ताको विषयमा मात्र छलफल भएको जसपा कार्यकारिणी इस्तियाक राईले जानकारी दिए । ‘बैठकमा धेरै छलफल भएन । एजेन्डा र स्थानीय तह निर्वाचनका लागि पार्टी दर्ताको विषयमा मात्र प्रवेश गरेका छौँ,’ उनले भने । 

बैठकमा छलफलका लागि एमसिसी, पार्टीको विधान अधिवेशन, संघीय परिषद् र केन्द्रीय समितिको बैठक, नेतृत्व प्रणालीबारे र मन्त्रीहरूको कार्यसमीक्षालगायत ११ एजेन्डा प्रस्तुत छन् । बैठकमा अध्यक्ष यादवले सुरुमा तीनवटा एजेन्डा मात्रै प्रस्तुत गरेका थिए । यादवले स्थानीय निर्वाचन र पार्टी दर्ता, एमसिसी र देशको वर्तमान राजनीतिक परिस्थितिको विषयमा छलफल गर्ने भन्दै बैठक सुरु गरेका थिए । 

ad
ad
ad
ad