१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १३ शुक्रबार
  • Thursday, 04 July, 2024
गणेश लम्साल विराटनगर
२o७८ फाल्गुण १३ शुक्रबार १७:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

जंगलभित्र गाडिएको अवस्थामा भेटियो १२ वर्षीया बालिकाको शव

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ फाल्गुण १३ शुक्रबार १७:१४:oo

मोरङको लेटाङमा १२ वर्षीया बालिकाको शव जंगलभित्र गाडिएको अवस्थामा फेला परेको छ । लेटाङ नगरपालिका–८ स्थित लालहिरा सामुदायिक वनभित्र सोही ठाउँको जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत ज्यामिरे टोलकी १२ वर्षीया बालिका करुणा राईको शव गाडिएको अवस्थामा शुक्रबार फेला परेको हो ।   

११ फागुन बुधबार विद्यालयबाट घर फर्कने क्रममा अपराह्न ४ बजेदेखि बालिका बेपत्ता भएकी थिइन् । मोरङका एसपी जर्नादन जिसीले बालिकाको बलात्कारपछि हत्या भएको र अपराध लुकाउन शव जंगलमा लगेर गाडिएको हुन सक्ने आशंका गरिएको बताए । उनका अनुसार खाल्डोबाट निकालिएको बालिकाको शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।  

हराइरहेकी बालिकाको शव जंगलमा फेला परेपछि स्थानीयले बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नाराबाजी गरेका थिए । घटनास्थल बालिकाको घरबाट करिब ३ किलोमिटर दक्षिण र उनी अध्ययनरत विद्यालयबाट करिब २ किलोमिटर पश्चिममा पर्दछ । बालिकालाई बलात्कारपछि हत्या गरको आरोपमा दुईजना शंकास्पद व्यक्त्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 
 

 

ad
ad
ad
ad