मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ फाल्गुण १३ शुक्रबार १६:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 एमसिसी अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउन सक्छ : सुरेन्द्र पाण्डे (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ फाल्गुण १३ शुक्रबार १६:४४:००

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसिसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउन सक्ने बताएका छन् । 

शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्त्रका नयाँ चुनौती र समाधानका उपायहरूको खोजी’ विषयक अन्तर्क्रियामा बोल्दै उपाध्यक्ष पाण्डेले नेपालले एमसिसी अस्वीकार गर्दा आर्थिक संकट आइपर्न सक्ने बताएका हुन् ।  एमसिसी सम्झौतालाई नेपालले अस्वीकार गर्दा अमेरिका रिसाएको खण्डमा आर्थिक रूपमा जोखिम र संकट पैदा हुन सक्ने उनले बताए । 

अमेरिकाले सहयोग अस्वीकार गर्दा अन्य शक्तिराष्ट्रहरूले पनि नेपाललाई आर्थिक सहयोग गर्न हिच्किचाउने उपाध्यक्ष पाण्डेले बताए । नेपालमा धेरै रेमिट्यान्स भित्रिने मुलुकहरूसँग अमेरिकाको निकट सम्बन्ध रहेको भन्दै उनले ती मुलुकहरूसँग अमेरिकाले नेपालबारे असहमति राखेको खण्डमा संकटमा फस्न सकिने तर्क गरे । 

उपाध्यक्ष पाण्डेले देशको अन्तर्राष्ट्रिय सम्बन्ध र अर्थतन्त्रको सम्बन्धमा गम्भीर हुनुपर्ने बताए ।