नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ। शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले दल दर्ता गराउन निवेदन दिएको हो।
निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको एमाले महासचिव पोखरेलले जानकारी दिए। उनले आफ्नो पार्टी निर्वाचनको तयारीमा जुटिसकेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरुलाई पनि निर्वाचनको प्रक्रियामा सामेल हुन आह्वान गरे।