मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १३ शुक्रबार
  • Wednesday, 18 December, 2024
२o७८ फाल्गुण १३ शुक्रबार १३:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाटो बिराएको भन्दै एकीकृत समाजवादीले बोलायाे जनप्रतिनिधिको सातो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १३ शुक्रबार १३:o३:oo

हुम्लाको अदानचुली गाउँपालिकामा स्थानीय सरकारले बाटो बिराएको भन्दै स्थानीय तहका जनप्रतिनिधिको सातो (आत्मा) बोलाइएको छ। स्थानीय तहले विकास नगरेको भन्दै नेकपा (एकीकृत समाजवादी) अदानचुली गाउँ कमिटीले सातो बोलाउने कार्यक्रम गरेको हो।
 
स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी कोही नबस्ने र कुनै विकासको कामसमेत नभएकाले उनीहरूको सातो बोलाएर कार्यक्रम गरिएको एकीकृत समाजवादी अदानचुली गाउँ कमिटीका अध्यक्ष नवराज कार्कीले जानकारी दिए। वर्षौँ बितिसक्दासमेत स्थानीय तहमा कुनै काम नहुने तथा जनप्रतिनिधि र कर्मचारी नबस्ने समस्या भएपछि सातो बोलाएको उनले बताए।