१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १३ शुक्रबार
  • Saturday, 28 September, 2024
२o७८ फाल्गुण १३ शुक्रबार o६:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमसिसी असफल बनाए गठबन्धन  कायम रहँदैन : पौडेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १३ शुक्रबार o६:१५:oo

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसी असफल बनाएर गठबन्धन कायम नरहने बताएका छन् । बिहीबार प्रेस युनियन तनहुँले दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

एमसिसी असफल बनाएर गठबन्धन कायम रहने सपना नदेख्न गठबन्धनका नेताहरूलाई उनले आग्रह गरे । ‘एमसिसी असफल बनाएर गठबन्धन जोगिँदैैन । प्रचण्ड र माधव नेपालले एमसिसीमा सहयोग नगरे गठबन्धन टुट्न सक्छ । त्यसैले सरकारले ल्याएको प्रस्तावलाई गठबन्धनका दलले सहयोग गर्नुपर्छ,’ उनले भने ।

यदि एमसिसीका विषयमा गठबन्धनले साथ नदिए प्रतिपक्षी दलको सहयोगमा भए पनि पास गर्नुपर्ने पक्षमा कांग्रेस रहेको उनले बताए । ‘एमसिसी अमेरिकाले अनुदानमा दिन लागेको हो । यति ठूलो अवसरलाई गठबन्धनका दलले गुमाउन थाल्ने हो भने गठबन्धनसँग गाँसिएर बस्ने अवस्था छैन,’ पौडेलले भने ।

उनले एमाले अध्यक्ष केपी ओली पनि एमसिसी अलपत्र पारेर भाग्न नमिल्ने बताए । ओलीले एमसिसीमा सहयोग गर्नुपरे सभामुखलाई हटाउनुपर्ने विषय आफूसँग भएको भेटमा राखेको पौडेलको भनाइ थियो ।