१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ११ बुधबार
  • Friday, 05 July, 2024
२o७८ फाल्गुण ११ बुधबार १९:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सात महिनापछि विशेष अदालतको अध्यक्ष र सदस्यमा नाम सिफारिस (सूचीसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण ११ बुधबार १९:४७:oo

न्याय परिषद्ले विशेष अदालतको अध्यक्ष र सदस्यका लागि ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बुधबार बसेको परिषद्को बैठकले अध्यक्षमा एक र सदस्यका लागि पाँच न्यायाधीशको नाम सरकारसमक्ष सिफारिस गरेको हो ।

विशेष अदालतको अध्यक्षका लागि उच्च अदालत पाटनमा दरबन्दी भई हाल उच्च अदालत पोखराको बाग्लुङ इजलासमा रहेका न्यायाधीश श्रीकान्त पौडेलको नाम सिफारिस गरिएको छ । सदस्यमा उच्च अदालतका न्यायाधीशहरू रमेशकुमार पोखरेल, यमुना भट्टराई, शालिग्राम कोइराला, वलभद्र बास्तोला र खुसीप्रसाद थारूको नाम सिफारिस भएको छ । 

परिषद् बैठकले हाल विशेष अदालतमा कार्यरत न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र अब्दुल अजिज मुसलमानको काज सरुवा गर्न पनि सिफारिस गरेको छ । 

विशेष अदालतमा गत १ साउनदेखि अध्यक्षसहित ४ न्यायाधीशको पद रिक्त रहँदै आएको छ । न्यायाधीश अभावमा विशेष अदालतको काम प्रभावित हुँदै आएको छ ।

ad
ad
ad
ad