१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ११ बुधबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ११ बुधबार १३:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भातृ संस्थाको विधान टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ११ बुधबार १३:२३:oo

भ्रातृ संस्थाको विधान टुंगो लगााउन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ। पार्टी कार्यालय सानेपामा पदाधिकारीको अनौपचारिक बैठक बस्न लागेको हो।  कांग्रेस सहमहामन्त्री बद्री पाण्डेका अनुसार भ्रातृ संस्थाको विधान टुंगो लगाउनेबारे छलफलका लागि पदाधिकारी बैठक बस्न लागेको हो । 

बैठकमा भ्रातृ संगठनका विधानलाई एकरूपता दिने विषयमा छलफल हुने बताइएको छ ।  सोमबार बसेको पदाधिकारीहरूको अनौपचारिक बैठकले महिला संघको विधान टुंगो लगाएको थियो । 

१४औँ महाधिवेशनपछि पहिलोपटक माघ २७ देखि फागुन ३ सम्म बसेको केन्द्रीय कार्यसम्पादन समितिले विधान टुंगो लगाउने निर्णय गरेको थियो।  कार्यसम्पादन समिति बैठकले १३औँ कार्यसमितिले एनपी साउदको नेतृत्वमा बनेको भ्रातृ एवं शुभेच्छुक संस्था विधानको मापदण्ड निर्धारण तथा एकरूपता समितिले पेस गरेको प्रतिवेदन अध्ययन गरी आगामी बैठकमा पेस गर्ने निर्णय गरेको थियो। 

साथै बैठकले अवधि समाप्त भइसकेका भ्रातृ संघका विघटन भएको निर्णय गर्दै सभापतिले आवश्यक परामर्श गरेर फागुन मसान्तभित्र नयाँ विधानअनुसार तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो।

ad
ad
ad
ad