१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १० मंगलबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण १० मंगलबार १६:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कल सेन्टर सञ्चालन गरी ठगी गरेको आरोपमा चिनियाँ नागरिकसहित ८१ जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण १० मंगलबार १६:oo:oo

महानगरीय प्रहरी परिसर भक्तपुरले सानोठिमी क्षेत्रबाट एक चिनियाँ नागरिकसहित ८१ जनालाई पक्राउ गरेको छ। घर भाडामा लिएर कल सेन्टर सञ्चालन गरी ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। 

भारतमा रहेका व्यक्तिलाई लक्षित गरी उनीहरूले ठगी गरेको प्रहरीले जनाएको छ। ‘उनीहरूले सुरुमा ऋण दिँदा रहेछन् छोटो समयको लागि, त्यसपछि धम्क्याएर त्यसको ब्याजसहित रकम असुलउपर गर्दा रहेछन्,’ परिसरका प्रवक्ता राजु पाण्डेले भने, ‘ठिमीको एउटा घर नै भाडामा लिएर उनीहरूले यस्तो कार्य गर्दै आएको भेटियो।’ 

प्रवक्ता पाण्डेका अनुसार उनीहरूले छोटो समयको लागि थोरैथोरै ऋण दिने र त्यसको ब्याजसहित असुल गर्दै आइरहेका थिए। सोही कार्यका लागि उनीहरूले कार्यालय चलाउँदै आएका थिए। यस्तो कारोबार गर्न उनीहरूले सामाजिक सञ्जालको प्रयोग गरेको प्रहरीले जनाएको छ। 

पक्राउ परेका ८१ जनामाथि थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ। यसअघि मध्यबानेश्वर क्षेत्रबाट प्रहरीले चिनियाँसहित ३७ जनालाई पक्राउ गरेको छ।