माओवादी केन्द्रले सबै पार्टीपंक्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार सर्कुलरमार्फत स्थानीय तहको निर्वाचन प्रक्रियामा जुट्न र पार्टी संगठनलाई क्रियाशील बनाउन निर्देशन दिएका हुन् ।
केन्द्रीय समितिको बैठक बसेर ठोस कार्ययोजना तयार नहुँदासम्मका लागि सर्कुलरका आधारमा पार्टीको गतिविधिलाई अगाडि बढाउन र स्थानीय तहको वडासम्म उम्मेदवारको रोस्टर तयार पार्न भनिएको छ ।
सर्कुलरमा जिल्ला समन्वय समिति, नगर, गाउँ वडालगायत सबै तहका पार्टी समिति र विधानले व्यवस्था गरेबमोजिम सबै तहका ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति, परिषद् र विभागलाई पूर्णता दिन आग्रह गरिएको छ ।