१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

उद्यमशीलता विकास र दिगो  पर्यटनमा नबिल बैंकको सहकार्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:२७:oo

उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्न नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्कबीच सम्झौता भएको छ । सम्झौतामा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र कम्युनिटी होमस्टेका अध्यक्ष शिवप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले नबिल बैंकले लिएको दिगो बैंकिङको पहलमा यो सम्झौता कोसेढुंगा साबित हुनुका साथै स्थानीयस्तरमा उद्यमशीलता विकास, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्दै दिगो आर्थिक तथा सामाजिक रूपान्तरणमा सहयोग गर्ने बताए ।

कम्युनिटी होमस्टे नेटवर्कका अध्यक्ष ढकालले कम्युनिटी होमस्टे नेटवर्कलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय समुदायमा अझ बढी फैलाई देशको आर्थिक विकासमा सहयोग गर्ने विचार व्यक्त गरे । कम्युनिटी होमस्टे नेटवर्क एक सामाजिक उद्यम हो, जसले नेपालमा सामुदायिक होमस्टेहरूको नेटवर्कलाई प्रवर्द्धन गर्छ । 

नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले ०७८ असार १५ गते धान दिवसका दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । यस सम्झौतामार्फत नबिल बैंकले उद्यमशीलता विकास र दिगो पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आशा लिएको छ ।

ad
ad