१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ८ आइतबार
  • Tuesday, 25 June, 2024
मुना कुँवर काठमाडौं
२o७८ फाल्गुण ८ आइतबार o८:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘छिमेकी चरा’ एपमार्फत चराको संरक्षण गरिँदै

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ८ आइतबार o८:२२:oo

प्रविधिको प्रयोगबाट नेपालका चराहरूको संरक्षण गरिने भएको छ । नेपाल पंक्षी संरक्षण संघले ‘छिमेकी चरा’ एपमार्फत नेपालमा पाइने चराको गणना गर्नुका साथै संरक्षणको पहल गर्ने भएको हो ।

संघका सदस्य सेलिक्स राइसिन गुरुङले निर्माण गरिएको एपमार्फत शनिबार करिब एक हजारजनाको घरवरपर आधा घन्टा अवलोकन गरी चराको विवरण एपमार्फत पठाएको संघका प्रमुख कार्यकारी अधिकृत इशान थापाले बताए । उनका अनुसार यसको विवरण आइतबार आइपुग्नेछ । जसमा चराको संख्या, जिल्लाअनुसार चराको जातिको विवरण प्राप्त हुनेछ । विदेशमा यस्तो अभ्यास धेरैअघिदेखि भए तापनि नेपालमा भने पहिलोपटक भएको संघका प्रमुख कार्यकारी अधिकृत थापाले बताए । 

नेपाल पंक्षी संरक्षण संघले एपबाट ६० जिल्लामा पाइने चराहरूको निरीक्षण गर्ने भएको छ । छिमेकी चरा एप जोकोहीले पनि आफ्नो मोबाइलमा डाउनलोड गरेर प्रयोग गर्न सक्नेछन् । एप प्रयोग गर्ने व्यक्तिले आफ्नो घरवरपर, बगैँचा, वन, जंगल वा कुनै पनि स्थानमा देखिएका चराको विवरण एपमार्फत संघलाई सूचना दिन सक्नेछन् ।

एपमा भएका एक सयवटा चरामध्ये जुन चरा हो, सोही चराको फोटो क्लिन गर्नुपर्नेछ । चराको फोटोसँगै नम्बरहरू पनि राखिएका छन् । त्यस्तै, चरा चिन्न नसकेमा वा एपमा राखिएका एक सय चरामध्ये आफूले देखेको चरा छुट्याउन नसकेमा एपमा नै सहयोग माग्न सकिनेछ । 

एपमार्फत नीति–निर्माण गरिने
संघका अनुसार हाल नेपालमा आठ सय ८८ प्रजातिका चरा पहिचान भएका छन् । यसमा पाहुना चरा पनि पर्छन् । नेपालमा चाइना, रसिया, साइबेरिया, मंगोलिया, भारतलगायका मुलुकबाट चराहरू आउँछन् । धेरै चराहरूले नेपालको बाटोसमेत प्रयोग गर्ने संघले जनाएको छ । 

संघका प्रमुख कार्यकारी अधिकृत थापाका अनुसार यसअघि काठमाडौं उपत्यकाभित्र मात्रै पाँच सय प्रजातिका चरा पाइन्थे । तर, अहिले मुस्किलले दुई ५० जातिका चरा भेटिने उनले बताए । अर्थात्, काठमाडौं उपत्यकामा चराहरू लोप हुँदै छन् । यसले काठमाडौंको वातावरण चराअनुकूल नभएको उनले बताए । सोहीअनुसार स्थानीयले स्थानीय चरालाई आकर्षित गर्न वातावरण सुधार गर्न नीति बनाउन सक्ने उनले बताए । त्यस्तै, काठमाडौं उपत्यकामा केही समय पहिलासम्म पनि भँगेरा देखिन्थे । अहिले उपत्यकामा काग र परेवा मात्रै देखिन्छन् । भँगेरासमेत लोप हुँदै गएका छन् । 

ad
ad
ad
ad