मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ७ शनिबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ७ शनिबार o८:४६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ड्रिमलाई हराउँदै आर्मी समूह विजेता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ७ शनिबार o८:४६:oo

एक खेलअगाडि नै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेको नेपाल आर्मी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा शुक्रबार समूह ‘बी’को विजेता बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको आफ्नो लिगको अन्तिम खेलमा आर्मीले ड्रिम टिमलाई ९८–७८ ले पराजित गर्‍यो । आर्मीका आयुश सिंहले ३५ स्कोर गरेका थिए । ड्रिम टिमका सुजन महर्जनले ३३ स्कोर गर्न सफल भए । 

हारका बाबजुद ड्रिम टिम पनि उपविजेताका रूपमा अन्तिम आठमा पुगेको छ । यो समूहमा रहेको अर्को टोली शंकरदेव क्याम्पस ड्रिम टिम र आर्मीसँग पराजित भइसकेको छ । पहिलो क्वार्टरमा २८–२१ को अग्रता लिएको आर्मी दोस्रोमा १७–२० ले पछि पर्‍यो । बाँकी दुई क्वार्टरमा सुधार गर्दै आर्मीले नतिजा आफ्नो पक्षमा पारेको हो । आर्मीले तेस्रोमा २४–२० र चौथोमा २९–१७ स्कोर गरेको थियो । 

पुरुषमै मोफसल टोली कास्कीले जित निकालेको छ । प्रतिस्पर्धात्मक खेलमा कास्कीले एचआइके भिजनलाई ८५–८३ ले हरायो । कास्कीका पुस्कल छन्त्यालले २१ स्कोर तथा एचआइकेका पासाङ शेर्पाले १९ स्कोर गरेका थिए । पहिलो क्वार्टरमा २०–१८ ले अघि रहेको कास्की त्यसपछिका लगातार दुई क्वार्टरमा पछि रह्यो । कास्की दोस्रोमा २३–२८ र तेस्रोमा १८–२१ ले पछि थियो । चौथो तथा अन्तिम क्वार्टरमा २४–१६ को प्रदर्शन गर्दै कास्कीले जित सुनिश्चित गर्‍यो ।

महिलाको राउन्ड रोविन लिगमा नेपाल प्रहरी क्लबले ललितपुर हाईमाथि ५७–५३ को जित रच्यो । प्रहरीकी अनुषा मल्ल ठकुरीले २५ स्कोर गरेकी थिइन् । ललितपुर हाईकी सदिना श्रेष्ठले १० स्कोर गरिन् । सुरुवातमा ११–१५ ले पछि परेको प्रहरीले दोस्रोमा १३–१० र तेस्रोमा २२–१३ को अग्रता बनायो । चौथो क्वाटर ललितपुरले १५–११ ले पक्षमा पारे पनि जितका लागि पुगेन ।