मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ७ शनिबार
  • Wednesday, 18 December, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ७ शनिबार o६:o५:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमसिसीविरुद्ध सडकमा आन्दोलन चर्किंदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ७ शनिबार o६:o५:oo

दलहरूबीच मतभेद गहिरिँदै गर्दा एमसिसीविरुद्ध देशभर आन्दोलन चर्किन थालेको छ । शुक्रबार पनि काठमाडौंका माइतीघर र बानेश्वर क्षेत्रमा विभिन्न पार्टी र समूहले नाराबाजी गर्दै विरोध गरे ।

काठमाडौंबाहिर पनि आन्दोलन बढ्दै छ । सत्तारुढ माओवादी र एकीकृत समाजवादीकै भ्रातृ संगठन पनि आन्दोलनमा छन् । अन्य केही साना वामघटकका कार्यकर्ता, हन्ड्रेड ग्रुपजस्ता समूह एमसिसीविरुद्ध सडकमा उत्रिएको प्रहरीले जनाएको छ ।

बिहीबार संसद् बैठक चलिरहँदा एमसिसी टेबुल नगर्न खबरदारी गर्दै बानेश्वर क्षेत्रमा आन्दोलन चर्किएको थियो । प्रहरी र आन्दोलनकारीबीच झडप नै भएको थियो । यद्यपि, अहिलेसम्म आन्दोलन शान्तिपूर्ण नै भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान कलंकी ढुंगेअड्डामा शंकास्पद वस्तुसमेत भेटिएको थियो । त्यसलाई सुरक्षाकर्मीले डिस्पोज गरेका थिए । सुरक्षा चुनौती बढ्न थालेपछि काठमाडौंमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

एमसिसीविरुद्धको आन्दोलनलाई लक्षित गरी सडकमा सुरक्षाकर्मीको संख्या बढाइएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । त्यस्तै, अमेरिकी दूतावासलगायत क्षेत्रमा समेत सुरक्षा निगरानी बढाइएको प्रहरी स्रोतले बतायो ।