मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ६ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण ६ शुक्रबार २o:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्तर्राष्ट्रिय उडानमा पिसिआर परीक्षण हटाउन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण ६ शुक्रबार २o:४६:oo

वायुसेवा सञ्चालकको छाता संगठन वायुसेवा संघले अन्तर्राष्ट्रिय हवाई उडानमा पिसिआर परीक्षण र सिसिएमसीको फाराम हटाउन माग गरेको छ । कोभिड महामारीको संक्रमणदर घटेको र जोखिम कम रहेको भन्दै संघले विज्ञप्तिमार्फत कोभिड रोकथामका लागि लगाइएका प्रावधान हटाएर पर्यटन उद्योगलाई सहजता प्रदान गर्न आग्रह गरेको हो ।

विश्वभरि नै कोभिड संक्रमणदर घट्दो क्रममा रहेको र धेरैजसो मुलुकले प्रतिबन्धलाई खुकुलो पारेको संघको दाबी छ । महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन उद्योग अझ अन्याेल र अनिश्चिततामा रुमल्लिएको छ ।

झन्डै दुई वर्षमा विदेशी पर्यटकको आगमनमा निकै ह्रास आएकाले यस क्षेत्रमा आश्रित कतिपय व्यवसाय सदाका लागि बन्द हुने र दक्ष जनशक्ति पलायन हुने अवस्था रहेको संघले औँल्याएको छ । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित २९ वटा वायुसेवा प्रदायकले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।