एमालेनिकट अनेरास्ववियुले स्ववियु चुनाव गराउन माग गरेको छ । बुधबार विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा भएको कार्यक्रममा अनेरास्ववियुका नेता तथा पूर्वपदाधिकारीले यस्तो माग गरेका हुन् ।
अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले विद्यार्थीका अधिकारी स्थापित गर्न पनि स्ववियु चुनाव हुनुपर्ने बताइन् । अनेरास्ववियु स्ववियु चुनावबाट कहिल्यै पछि नहटेको र अब पनि नहट्ने बताइन् । उनले विश्वविद्यालयलाई स्ववियु चुनावको कार्यक्रम तोक्न आग्रह गरिन् ।
अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेलले पनि स्ववियु चुनाव हुनुपर्ने बताए । विश्वविद्यालयमा स्ववियुको सान्दर्भिकता आवश्यक भएकाले चुनाव आवश्यक भएको उनले बताए । स्ववियु चुनाव नहुँदा क्याम्पसमा समस्या बढेको उनले बताए । त्रिवि विद्यार्थी कल्याण निर्देशनालयका प्रमुख पशुपति अधिकारीले विश्वविद्यालय स्ववियु चुनाव गराउने पक्षमा रहेको र त्यसका लागि प्रमुख विद्यार्थी संगठनले वातावरण बनाउन आग्रह गरे ।