मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ४ बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ४ बुधबार o६:२२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हवाई टिकट बुकिङमा दुईजनाले जिते चन्द्रागिरि घुम्ने अवसर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ४ बुधबार o६:२२:oo

आइएमई पेले प्रणय दिवसका अवसरमा ल्याएको अफरअन्तर्गत हवाई टिकट बुकिङ गर्ने दुई जोडीले चन्द्रागिरि रिसोर्टमा एक रात दुई दिनको प्याकेज जितेका छन् । योजना अवधि ४ फेब्रुअरीदेखि १२ फेब्रुअरीबीचमा आइएमई पेमार्फत हवाई टिकट बुकिङ गर्नेमध्येबाट दुईजनालाई चन्द्रागिरि भ्रमणको प्याकेज प्रदान गरिएको हो । 

चन्द्रागिरि रिसोर्ट प्याकेज विजेता काठमाडौंका दिनेशकुमार निरौला र दुर्गा गुरुङलाई पानीपोखरीस्थित आइएमई कम्प्लेक्समा टिकट हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । सोही प्याकेजमा दुई जोडीलाई चन्द्रागिरि रिसोर्टको डिलक्स रुम, चन्द्रागिरि केबलकार टिकट, ब्रेकफास्ट, बेड र डिनरको अफर रहेको छ ।

प्याकेज हस्तान्तरण गर्दै आइएमई पेका प्रमुख कार्यकारी अधिकृत विकासकुमार नाहाटाले केही वर्षदेखि आइएमई पेमार्फत हवाई टिकट खरिद गर्दा सर्वाधिक क्यासब्याक ६ सय रुपैयाँसम्म रहेको र आइएमई पेमार्फत हवाई टिकट निकै सहज ढंगले काट्न सकिने बताए ।