१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ४ बुधबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण ४ बुधबार o६:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बन्दको हल्लासँगै  बिहानैदेखि ७७ वटै जिल्ला प्रशासनले सुरक्षा सतर्कता बढाए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण ४ बुधबार o६:४४:oo

विभिन्न ६ राजनीतिक दलले बुधबार नेपाल बन्द आह्वान गरेपछि गृह मन्त्रालयले शान्तिसुरक्षा चुस्त राख्न निर्देशन दिएको छ। सबै जिल्ला प्रशासन कार्यालयहरूलाई  परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो।

विभिन्न राजनीतिक दलले फागुन ४ गते अर्थात् आज नेपाल बन्दको आह्वान गरेका छन्। उक्त बन्दको होहल्ला लागू नगराउन र कानुनविपरीतका गतिविधिहरू रोक्न प्रहरी प्रशासनलाई पनि आग्रह गरेको छ।

आज बिहानैदेखि ७७ वटै जिल्ला प्रशासनले सुरक्षा सतर्कता बढाएका छन्। बन्दको हल्लासँगै लामो दूरीका गाडी कम मात्रामा गुडेको र केही विद्यालयले बिहानी कक्षा बन्द गरेको प्रशासनले जनाएको छ।