१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ३ मंगलबार
  • Monday, 01 July, 2024
२o७८ फाल्गुण ३ मंगलबार १२:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

युक्रेनी राष्ट्रपतिद्वारा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने संकेत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण ३ मंगलबार १२:१o:oo

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने बताएका छन्। युक्रेन र रुसबीच बढ्दो तनावबीच उनले यस्तो संकेत गरेका हुन्। जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गरेको विषय फेसबुकमा पोस्ट गर्दै लेखेका छन्  'हामीलाई भनिएको छ कि फेब्रुअरी १६ आक्रमणको दिन हुनेछ।'

उनले युक्रेनले बुधबार एकता दिवस मनाउने बताएका छन्। यससम्बन्धी अध्यादेशमा हस्ताक्षर भइसकेको बताइएको छ। रुसले युक्रेनी सीमानजिकै एक लाखभन्दा बढी सेना परिचालन गरेको छ। सेनाको उपस्थितिले अमेरिका र नेटो सहयोगीहरूबीच चिन्ता  र तिक्तता बढाएको छ। तर, रुसले निरन्तररूपमा आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ।

युक्रेन, रुस र नेटो राष्ट्रहरूका अधिकारीहरूले यस क्षेत्रमा तनाव कम गर्ने आशाका साथ पछिल्ला दिनहरूमा कूटनीतिक छलफललाई तिव्रता दिँदै आएका छन्। तर, वार्ताले कुनै सफलता भने हासिल गर्न सकेको छैन।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्दै रुसले युक्रेनमा आक्रमण गरेमा 'छिटो र गम्भीर लागत' लाग्ने बताएका थिए। बाइडेन प्रशासनका अधिकारीहरूले युक्रेनमाथि 'अब कुनै पनि दिन' आक्रमण हुन सक्ने चेतावनी दिएका छन्। रासस/एएनआई

ad
ad
ad
ad