१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ३ मंगलबार
  • Wednesday, 03 July, 2024
२o७८ फाल्गुण ३ मंगलबार ११:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

टरिगाउँ एयरपोर्ट विस्तारका लागि ‘खुत्रुके’अभियान 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण ३ मंगलबार ११:१७:oo

दाङको टरिगाउँ एयरपोर्ट विस्तारका लागि ‘खुत्रुके’ अभियान सञ्चालन गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले उक्त अभियान सुरु गरेको हो । एयरपोर्ट विस्तार गर्न राज्यले कुनै चासो नदेखाएको भन्दै आफूहरूले नै एयरपोर्ट विस्तार गरेर देखाउने भन्दै यो अभियान सञ्चालन गरिएको संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए । ‘राज्यले एयरपोर्ट विस्तारमा कुनै चासो देखाएन’,उनले भने,‘त्यसैले हामीले जसरी पनि यहाँको एयरपोर्ट विस्तार गरेर देखाउँछौँ, त्यसका लागि जति सकिन्छ, एक रुपैँया भए पनि हाम्रो खातामा जम्मा गरिदिनुहोला ।’

एयरपोर्टको धावनमार्ग विस्तार गर्न सकिने र त्यसमा कुनै समस्या नहुने भन्दै एयरपोर्ट विस्तारको सम्भावना रहेको उनले बताए । उनका अनुसार अहिले वन कार्यालय, त्यहाँको समुदायलगायतसँग छलफल गर्नुका साथै प्राविधिकसँग परामर्श गरिरहेको भन्दै केही दिनमा त्यहाँ धावनमार्ग विस्तार गरेर देखाउने तयारी रहेको छ । त्यहाँ १८ सय मिटर धावनमार्ग बनाएर देखाउने उनले बताए । त्यसका लागि संघले अहिले विभिन्न सरोकारवालाहरूसँग छलफल तथा अन्तर्क्रिया गरिरहेको छ । 

आर्थिक संकलनका लागि तुलसीपुर उद्योग बाणिज्य संघ एयरपोर्ट नाममा राष्ट्रिय वाणिज्य बैंकमा ४१६०१०००००००७००६ नम्वर खता सञ्चालनमा ल्याएको छ । खातामा स्वेच्छिक रूपमा रकम जम्मा गर्नसमेत अध्यक्ष चालिसेले सबैलाई अनुरोध गरेका छन् । ‘देशमा बस्ने विदेशमा बस्ने सबैले एयरपोर्ट विस्तारका लागि सहयोग गर्नुहोला’उनले भने‘हामी तपाईको सहयोगले नै एयरपोर्ट विस्तार गर्नेछौँ ।’ सोही खातामा संघका अध्यक्षले ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेर खुत्रुके अभियान सुरु गरेका हुन् ।  

सांसदहरू प्रतिबद्ध  
संघले सोमबार दाङको पश्चिम क्षेत्रका सांसदहरूसँग अन्तर्क्रिया गरेको छ । सोही अवसरमा सांसदहरूले प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, राष्ट्रियसभा सदस्य कोमल वलीले एयरपोर्ट विस्तारमा हातेमालो गर्ने बताएका थिए । यसअघि राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा‘अपार’को नेतृत्वमा गएको दाङका सांसदहरुको टोलीले तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईलाई ध्यानाकर्षण गराएको थियो । 

साथै, उक्त एयरपोर्ट विस्तारका लागि तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने संघका अध्यक्ष चालिसेले बताए । उनले यहाँको एयरपोर्टको धावनमार्ग सात सय ५० मिटर लम्बाइ र ३० मिटर मात्रै चौडाइ हुँदा सानो जहाज मात्रै बस्दै आएको छ । सानो जहाज बस्दा नाै हजारको हाराहारीमा भाडा तिर्नुपर्ने अवस्था छ । यदि धावनमार्ग विस्तार गरे ठूलो जहाज बस्न सक्ने र सस्तो भाडामा दाङ–काठमाडौं आवतजावत गर्न सकिने अध्यक्ष चालिसेको भनाइ छ ।  अहिले टरिगाउँ एयरपोर्टमा शुक्रबार र शनिबार बाहेक अन्य दिनमा उडान भर्दै आएको छ ।

बस २०११ सालमा उक्त विमानस्थल संचालनमा आएको हो । यसबीचमा पटक–पटक बन्द हुने र सञ्चालन हुने प्रक्रिया चलिरहह्यो । जसबाट २०१३ सालदेखि २०४२ सालसम्म घाँसेमैदान छँदै दैनिक नियमित विमान सञ्चालन भएको थियो । २०४३ सालमा बन्द भएको हवाई सेवा २०४८ सालमा फेरि सुरु भएको थियो । फेरि २०५४ सालमा बन्द भएर २०५९ पुनः सञ्चालनमा आएको थियो । त्यसपछि २०६३ सालमा पुनः बन्द भएको विमान सेवा २०७६ सालदेखि नियमित उडान भइरहेको हो । 
 

ad
ad
ad
ad