मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २ सोमबार
  • Wednesday, 18 December, 2024
२o७८ फाल्गुण २ सोमबार o७:१३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

 हिउँ खेल्न गएका दुई बालक  ११ दिनपछि मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २ सोमबार o७:१३:oo

 गत २० माघमा हिउँ खेल्न घरबाट निस्केका गोरखाका दुई बालक आइतबार मृत भेटिएका छन् । बारपाकसुलिकोट गाउँपालिका–२ का १६ वर्षका करण घले र वडा नम्बर १ का १६ वर्षकै सञ्जय घले बारपाकभन्दा पर भुनेखर्क भन्ने ठाउँमा मृत अवस्थामा फेला परेको प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।

स्थानीयवासी र प्रहरीको संयुक्त खोजी टोलीले आइतबार साँझ ५ बजेतिर बाटोबाट करिब एक सय फिट तल खसेको अवस्थामा दुवैजना मृत भेटेको उनले जानकारी दिए । घरबाट हिउँ खेल्न भनेर हिँडेको ११ दिनपछि उनीहरू मृत अवस्थामा फेला परेका हुन् ।

बाक्लो हिमपातका कारण उनीहरू हिउँले पुरिएर हराइरहेकोमा हिउँ पग्लिँदै गएर देखिएको दाहालको भनाइ छ । २३ माघमा प्रहरीचौकी बारपाक र जिल्ला प्रहरी कार्यालय गोरखामा जानकारी दिएपछि मात्र स्थानीय र प्रहरीले दुई बालकको निरन्तर खोजी कार्य गरेका थिए । आइतबार साँझ दुवैको शव गाउँ ल्याइएको उनले बताए ।