मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण १ आइतबार १८:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले विवाद : खगराज अधिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न महेश बस्नेतको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण १ आइतबार १८:५५:००

एमाले नेता महेश बस्नेतले संगठन विभाग प्रमुख खगराज अधिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न माग गरेका छन् । सामाजिक सञ्जालमार्फत बस्नेतले अधिकारी  संगठन विभाग चलाउन सक्ने व्यक्ति नभएको बताएका छन् । 

बस्नेतले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् :-
क.खगराज अधिकारी
१) पार्टीका जनवर्गीय संगठनहरू राजनीतिक रूपमा नेकपा (एमाले) लाइन र निर्देशनमा र सांगठनिक रूपमा आफ्नै विधान र स्वायत्त ढंगले अगाडि बढ्ने गर्दछन् ।
२) पार्टीको सचिवालयको बैंठकले जनसंगठन संयोजन संयन्त्रले कार्यविधि पारित गरिसकेपछि सोसँग बाझिने गरी केन्दीय कमिटी र पदाधिकारी बनाउन निर्देशन गर्ने अधिकार तपाईंलाई कसले दियो ?
३) युवा संघले सचिवालयको अधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरूलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो ? 
४) संगठनको इन्चार्ज , अध्यक्षसमेतसँग परामर्श नगरी संगठनको बारेमा विभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो ?
५) एमालेविरुद्ध चौतर्फी आक्रमण भैरहेको वेलामा आन्दोलनको मोर्चा सशक्त ढंगले सम्हालिरहेको युवा संघमाथि अराजकता हाबी हुने र विरोधीहरूको हौसला बढ्ने गरी फैसला किन गर्नुभयो ?
६) छोटो समयको अनुभवबाट भन्न सकिन्छ, तपाईं संगठन विभाग चलाउन सक्ने व्यक्ति होइन।
७) तसर्थ क.खगराज अधिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसँग माग गर्दछु ।